शहिद हरि प्रसादको स्मृति दिबसमा सम्झना

पोखरा, १३ वैशाख/शहिद हरि प्रसाद गुरुडको एक सय एक्कौ जन्म जयन्ती एक कार्यक्रम गरि सम्झना गरेका छन् ।
२०१७ सालको शाही कु पछिको संसद पुर्नस्थापनाका लागि आह्रवान गरिएको शसस्त्र आन्दोलनको नेतृत्व गरेको अभियोगमा राज्यबाट हत्या गरिएका गुरुडको सम्झनामा हरेक बर्ष स्मरण गर्दै यस्ता कार्यक्रम गर्दै आएको छ ।

यसै बिच शहिद हरि प्रसाद गुरुड प्रतिष्ठानले मंगलबार एक कार्यक्रमको आयोजना गरि वहांलाई स्मरण गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि राज बहादुर गुरुङले हरि प्रसाद जस्ता बीर शहिदहरुकोे बलिदानबाट प्राप्त लोकतन्त्रलाई संस्थागत बनाउनका लागी आगामी बैशाख ३१ देखी सुरु हुने संघिय प्रणालीको निर्बाचनलाई सफल बनाउन सके मात्र सहिदले देखेको सपना साकार हुने बताउनु भयो ।

कार्यक्रमा मुख्य अतिथि सहिद हरि प्रसादका आफन्त इन्स्पेक्टर पान बहादुर गुरुङ , नेपाली आदिबासी जनजाति संघ कास्कीका अध्यक्ष जीत बहादुर गुरुङ , ढिकुर पोखरीका सभापति मनपति भण्डारी, पोखरा १ का सभापति टंकनाथ पौडेल, सचिब रुद्र प्रसाद पराजुली, कांग्रेसका क्षेत्रिय प्रतिनिधी मेख बहादुर तामाङ, शहिदका नाति सम्राट गुरुङ , नेपाल महिला संघका क्षेत्रिय सदस्य सिता अधिकारी, प्रतिष्ठानका सचिब टिका बहादुर गुरुङ लगायतले बोल्नुभएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष रुद्र बहादुर गुरुङ र सञ्चालन आश बहादुर गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...