प्याब्सन कास्कीद्वाराराधाकृष्ण वृद्धाश्रमका वृद्धवृद्धालाई लत्ताकपडा वितरण

पोखरा,२२पुस। प्याब्सन कास्कीले २४ औं प्याब्सन दिवसको तीन दिने कार्यक्रमअन्तर्गत पहिलो दिन सोमबार लेखनाथ नगरपालिका–१३ तल्लो गगनगौंडा लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रमका वृद्धवृद्धालाई लत्ता कपडा वितरण ग¥यो। सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत प्याब्सन कास्कीले सो कार्यक्रम गरेको हो।
प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले वृद्धाश्रमकी ८७ वर्षीषा श्यामदासी घिमिरेलाई लत्ताकपडा वितरण गरेर शुभारम्भ गरिएको सो कार्यक्रममा केन्द्रीय सदस्य वीरबहादुर बुढाथोकी, प्याब्सन कास्कीका सल्लाहकार माधवशरण उपाध्याय, बाबुराम पन्त, उपाध्यक्ष निर्मला बराल, सहसचिव राजु अधिकारी, सदस्य दीपक शाह, कार्यक्रम संयोजक एवं सहसचिव प्रेमप्रसाद शर्मा, डायमण्ड उमाविका प्राचार्य यमबहादुर रोका, प्याब्सन बस व्यवसाय समितिका संयोजक पुरन कुँवर, जेसीएका प्रिन्सिपल सुन्दर ओझा, फेवा पब्लिक स्कुलका शेरबहादुर क्षत्रीलगायतले वृद्धाश्रममा रहेका ४५ मध्ये ३८ जना वृद्धवृद्धालाई एक थान टोपी, एक थान ट्राउजर र एक थान मोजा संलग्न लत्ताकपडा वितरण गरेका थिए।बाँकीले स्वेच्छाले नलिएको जनाइएको छ।सहयोग पाएपछि केही वृद्धावृद्धाका आँखा रसाएका थिए।

सो अवसरमा राधाकृष्ण मन्दिर सञ्चालक समितिका उपाध्यक्ष अक्कलबहादुर कार्कीले वृद्धवृद्धालाई सम्झेर सहयोग गर्न आएकोमा प्याब्सन कास्कीलाई आभार प्रकट गरे। राधाकृष्ण वृद्धाश्रमका महन्त लक्ष्मीशरण उपाध्ययाले ज्येष्ठ नागरिकको सेवा गर्नु हामी सबैको दायित्व भएकोले प्याब्सनको यो सहयोग अविस्मरणीय हुने बताए। उनले मातृदेवो भव, पितृ देवो भव, आचार्य देवो भव भन्नेहरू धेरै भए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने थोरै भएको बताए।वृद्धवृद्धाको सेवा गर्ने भावना सबैमा हुनुपर्नेमा जोड दिँदै महन्त उपाध्यायले प्याब्सन कास्कीले प्रेरणादायक काम गरेको भन्दै प्रशंसा गरे।

प्याब्सनका केन्द्रीय सदस्य वीरबहादुर बुढाथोकीले वृद्धवृद्धाको सेवा गर्नाले आनन्दको अनुभूति हुने भएकोले यस्ता रचनात्मक कार्यक्रम प्याब्सनले आगामी दिनमा पनि गर्दै जाने बताए।मानिसले आÇनो काम मात्र नगरी सामाजिक उत्तरदायित्वको कार्यक्रम पनि गर्नुपर्छ भन्ने प्रेरणा यस्ता सामाजिक कामले दिने बताए। प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले ज्येष्ठ नागरिकलाई सहयोग गर्ने अवसर दिएकोमा मन्दिर सञ्चालक समितिलगायत सबैलाई आभार प्रकट गरे। उनले प्याब्सन कास्कीको सहयोग मायाको चिनो स्वरुप भए पनि यसलाई आÇनै छोराछोरी, नातिनातिनाहरूले दिएको ठान्न वृद्धवृद्धालाई आग्रह गरे।आफूहरूले गरेको कामले मिडियामार्फत अन्य सङ्घसंस्थालाई पनि घचघच्याउन सहयोग मिल्ने उनको भनाइ थियो।

प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक प्रेमप्रसाद शर्माले स्वागत तथा कार्यक्रममाथि प्रकाश पारेका थिए भने सहसचिव राजु अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए। प्याब्सन दिवसको तीन दिवसीय कार्यक्रमअन्तर्गत २३ गते मड्डलबार अञ्चल प्रहरी कार्यालयको खेलमैदानमा पोखरा उद्योग वाणिज्य सङ्घसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने कार्यक्रम रहेको छ भने अन्तिम दिन पुस २४ गते सूचना, सञ्चार तथा शिक्षा मन्त्री माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम शिक्षाविद् एवं शिक्षासँग सरोकारवाला सङ्घसंस्थासँग अन्तरक्रिया गर्ने तथा २५ वर्ष पूरा गरेका प्याब्सनसँग आवद्ध विद्यालयहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।२५ वर्ष पूरा गरेका कास्कीमा करिब एक दर्जन विद्यालय रहेका छन्।

कमेन्टहरु
Loading...