बगर भाइखलकको अध्यक्षमा पुनः दिल बहादुर गुरुङ, तीन पत्रकार सम्मानीत

पोखरा १६ वैशाख / बगर भाइखलकको साधारण सभा तथा दोश्रो अधिवेशनले पुन दिल बहादुरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती गठन गरेको छ । शनिवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा तेज बहादुर गुरुङ, महासचिवमा याम बहादुर गुरुङ, सह सचिव मानकाजी गुरुङ, कोषाध्यक्ष रमेश कुमार श्रेष्ठ र सह कोषाध्यक्षमा ओमकार गिरीलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा इश्वर गुरुङ, इश्वर गुरुङ (चन्द्र), सन्तोष गुरुङ (धने), चक्र प्रसाद गौचन (खगेन्द्र), खगेन्द्र गुरुङ, सिम गुरुङ, मिलन गुरुङ, राजु गुरुङ र भरत कुमार आले चयन भएका छन । बगर भाइखलकले राष्ट्रिय फोटो पत्रकार समुहले आयोजना गरेको प्रतियोगितामा अन्तराष्ट्रिय स्पोर्टस फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका फोटो पत्रकार सुदर्सन रन्जित, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका राम गुरुङ र मोफसल फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका कृष्णमणी बराललाई सम्मान गरेको थियो ।

सो अवसरमा प्रमुख मुक्तिनाथ बाहिनीका बाहिनीपति शसस्त्र प्रहरी नायव महानिरीक्षक सुवोध कुमार अधिकारी र बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङले सम्मान गरेका थिए । सो अवसरमा सहारा क्लका अध्यक्ष बिरभद्र आचार्र्य, राष्ट्रिय उच्च माविका प्राचार्य वेद प्रसाद वस्ती, फोटो पत्रकार सुदर्सन रन्जित, पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिएभने महासचिव याम बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

गत पुस महिनामा सम्पन्न छैठौ संस्करणको बगर भाइखलक एट ए साइड फुटवल प्रतियोगिताको आयब्याय सार्वजनिक समेत गरिएको थियो । सो प्रतियोगितामा कुल आम्दानी ११ लाख २६ हजार ५ सय १९ र खर्च ७ लाख ८४ हजार २ सय ७४ रुपैया भएको र बचत ३ लाख ४२ हजार ३ सय ५ भएको बगर भाइखलकले जनाएको छ ।

सातौ संस्करणको लागी बगर भाइखलकका सदस्य इन्द्र बहादुर गुरुङले प्रथम पुरस्कार ७५ हजार र दोश्रो पुरस्कारका लागी संस्थाका सदस्य अमित गुरुङ(जोन) ले ५० हजार प्रायोजन गर्ने सो अवसरमा वताएका छन । कार्यक्रममा संस्थाका उपाध्यक्ष तेज बहादुुर गुरुङ हालै भुपु खेलाडी मञ्च नेपालको पांचौ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा उनलाई समेत सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...