पौष ४/नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज भुकम्पबाट क्षतीग्रस्त रसुवाको लाङटाङ र रसुवागढीको अवलोकन भ्रमण गरेका थिए। ति ठाउँहरुको अवलोकन पछि ओलिले गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे गाउँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ सरकार चाँडै गठन हुने बताए।
ओलीले रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय मार्गलाई व्यवस्थित गरिनुका साथै आउँदो चैत–वैशाखसम्ममा बेत्रावती–स्याँफ्रुवेंसी मार्ग सञ्चालनमा ल्याइने बताए।
गल्छी–रसुवागढी राजमार्गलाई दुई लेनको बनाइने अध्यक्ष ओलीको भनाइ थियो।
अर्को मार्ग पनि चाँडै निर्माण गरिने र रसुवागढी अन्तर्राष्ट्रिय नाका व्यवस्थित गरिने अध्यक्ष ओलीले बताए। उनले रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याउन पनि सरकार अगाडि सरेको बताए।
अध्यक्ष ओलिले यस ठाउँलाई अबको सरकारले विशेष महत्त्व दिने पनि बताएका छ।