CAN

सुर्य बहादुर केसीको मतदातालाई अपील

2,918

१. आदरणीय कास्की निर्वाचन क्षेत्र नं. २ का बासिन्दाहरु
क) विकास प्रेमी नागरिक समाज,
ख) स्वास्थ्य एवं, शैक्षिक क्षेत्रमा संलग्न विज्ञहरु
ग) साहित्य तथा लोक संस्कृति, कला एवं लोक नृत्य लोकधुन तथा
वाद्यवादन आदिको संरक्षण सम्बद्र्धनमा लाग्नु भएका महानुभावहरु,
घ) उद्योग वाणिज्य र पर्यटन व्यवसायमा संलग्न हुनुभएका समादरण्ीाय व्यक्तित्वहरु,
ङ) वरिष्ठदेखि कनिष्ठ तहसम्मका राष्ट्रसेवक कर्मचारी वर्ग,
च) कानुनविद् एवं न्यायकर्मी मित्रहरु

छ) वृटिस सेना, भारतीय सेना, नेपाली सेना शसस्त्र प्रहरी बल जनपथ प्रहरी सेवामा कार्यरत एवं सेवा निवृत्त सबै तहका आदरणीय महानुभावहरु,
ज) देशको विग्रदो अपत्यारिलो माहोलले चिन्तित सुनौलो भविष्यको आशा गर्दै जीवन यापनको अधिकतम अवसर आफ्नै देशमा सृजित होस भन्ने आकांक्षा राख्दै अवसर नपाएका दाजु भाउज,ू दिदी बहिनी बाध्यता पूर्वक विदेशिनु पर्दाको पीडा भोग्दै देशको विकासले गति लिएको योग्यता र अनुसारको रोजगारीको आशा बोक्नु भएका युवा वर्ग ।

झ) संसारको एउटा मात्र हिन्दु राष्ट्र नेपाल, भगवान बुद्ध–सीता जनकको जन्मभूमि एवं हिन्दु बौद्ध धर्मालम्बीहरुको मजबूत गहिरो समन्वय भएको देशबाट ८०–८५ प्रतिशत ओमकारवादी सनातन धर्मालम्वी हुँदाहुँदै पनि जवरन संविधानबाट हिन्दु राज्य हटाइएकोबाट पीडा पोख्दै व्यथित बनेका सनातन धर्मालम्बी ओमकार परिवार सहित हिन्दु राज्यको पुनः संविधानमा समावेश गरिनुपर्ने आशा राखी अत्यन्त पीडा महसुस गर्नुभएका धर्मानुरागी विद्धतवर्ग सामाजिक कर्ता एवं अनुरागीहरु,
ञ) विभिन्न समाजसेवाको बृहत हितका लागि संलग्न समाजसेवी संघसंस्था र महानुभावहरु,
ट) मजदुर वर्ग, किसानवर्ग, भद्र महिला एवं सज्जन वृद्ध, पत्रिका एवं सञ्चार जगतमा संलग्न आदरणीय वरिष्ठ पत्रकार एवं पत्रपत्रिका जगत

२. हाल देशले नयाँ संविधान प्राप्त गरी झण्डै दुईतिहाईको बहुमत प्राप्त स्थायी सरकार प्राप्त गरेको अवस्था छ ।
विगत दुई दशकको अवधिको विचमा भएको जनयुद्धबाट भएको क्षति, भूकम्पले गराएको ठूलो जनधनको क्षतिले आफन्त र घरबार गुमाउनुको पीडाबाट गुज्रिरहेको समयमा मुलुकमा शक्तिशाली स्थायी सरकार पाउनुले सबैमा शान्ति विकास र अमनचैनको आशाको किरण पलाएको थियो । विकासले गति लिने, देशले अत्यन्त ठूलो फड्को मार्ने आशा र उत्साह थपिएको थियो । तर तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय दुर्घटनाबाट निधनले कास्की क्षेत्र नं. २ मात्र नभई सिंगो मुलुकले नै अपूरणीय क्षति व्यहोर्नुप¥यो । जसको कारण अहिले कास्की क्षेत्र नं २मा उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचनमा सहभागी भई नतिजा आफ्नो पक्षमा पार्ने कसरतमा मुलुकमा रहेका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उमेद्वारहरु लागिपर्नु भएको छ । सर्वप्रथम म चुनाव निर्विघ्न, निरपेक्ष शान्त र मैत्रीपूर्ण भावबाट सुसम्पन्नताको लागि हार्दिक शुभकामना दिन चाहन्छु ।

३. मेरो प्यारो भाई तथा राजनीतिक योद्धा, कास्कीका उदाउँदो तारा, मृदुभाषी रवीन्द्र अधिकारीको अकल्पनीय र असामायिक निधनबाट म अत्यान्तै दुखी भएको थिएँ । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री हुँदा कै समयमा पाथीभरा माताको दर्शन गरी फर्कने क्रममा उहाँको अकल्पनीय दुर्घटनामा निधन भयो । यसबाट देशले एउटा नक्षत्र गुमाएको छ । संस्कृति मन्त्रीको हैसियतमा धार्मिक कर्तव्य परायणतामा उहाँको देहवसान भएको छ । यो हाम्रो वश बाहिरको कुरा थियो । जे कुरा नहुनु थियो त्यो भएरै छाड्यो । त्यो क्षति प्रति मेरो गहिरो सहानुभूँति पनि रहेको छ ।

मेरो प्यारा भाई रवीन्द्र कास्कीको एउटा आशाको दियो थिए । उदयीमान नक्षेत्र थिए । उनीसँग मेरो अत्यान्तै नजिकको सम्बन्ध थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत भैसकेका मेरा प्यारो भाईको जीवनमा वाइड बडी जहाज प्रकरणमा लेखा समितिको निर्णयअनुसार ४.५ अर्ब रुपैयाँ राज्यलाई नोक्सानी पु¥याएको आरोप बाहेक अन्य कुरा मैले अझैसम्म सुनेको छैन । त्यसमा उहाँको संलग्नता कति हो ? त्यो कुरा भविष्यले नै बताउला त्यस बाहेक अन्य कुरामा उहाँलाई दोष दिने ठाँउ मसँग छैन ।

धर्म संस्कृतिको रक्षा गर्ने एक जिम्मेवार मन्त्री मेरा भाईको धार्मिक कर्मबाट फर्कदा निधन हुनु संयोग पनि हुन सक्छ । तर उहाँ आफैंले आफ्नो धार्मिक रितिरिवाज अनुसारको अन्तिम संस्कार पाउन सक्नुभएन । त्यसमा मलाई अत्यान्तै दुःख लागेको छ । यसले कास्कीमा रहेका हिन्दू सनातन धर्मावलम्बी दाजुभाइ दिदी वहिनीहरुको भावनमा समेत चोट पु¥याएको महसुश गरिएको थियो । सबैको चिन्ताको विषय बनेको थियो । यसलाई पनि म लगायत समग्र हिन्दु सनातनी धर्माबलम्वीहरुले नियति कै रुपमा लिएको छौं । यो बाहेक उहाँको परिवारलाई पनि मैले थप भन्नु र दोष दिने विषय केही छैन ।

४. मुलुक अहिले उपनिर्वाचनमा होमिएको छ । मेरो प्यारो भाई रवीन्द्र अधिकारीको अकल्पनीय स्वर्गारोहण भैसकेपछि उहाँको निर्वाचन क्षेत्र कास्की २मा पनि उपचिर्वाचन हुँदैछ । मुलुकको अन्य क्षेत्रमा पनि स्थानीय तथा प्रदेश तहका रिक्त पदहरुको लागि उपनिर्वाचन हुँदैछ । प्रतिनिधि सभाको सदस्यको लागि कास्की–२मा मात्रै चुनाव हुन लागेको कारणबाट नेपाल अधिराज्यभरको ध्यान यतिबेला कास्कीमा केन्द्रित भएको छ ।

म संलग्न दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता डा.शेखर कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, अर्थविद् तथा पूर्व मन्त्रीहरु डा.रामशरण महत, डा.मीनेन्द्र रिजाल, डा.प्रकाश शरण महत, पूर्णबहादुर खड्का, प्रखर वक्ता गगनकुमार थापा लगायतका नेताहरुले वर्तमान सरकारको क्रियाकलापको ’boutमा जनतालाई परेको मर्काको सन्दर्भमा चुनावी अभियानको दौरानमा पार्टीको आधिकारिक धारणा राखिसक्नुभएकोले यस ’boutमा मैले यहाँ थप बोल्न सान्दर्भिक ठानिन ।
विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन, निर्वाचन आयोग तथा आम नागरिक समेतको संयमितताले गर्दा चुनावी अभियानको दौरानमा हालसम्म कुनै दुःखद् घटना भएको छैन । त्यसको लागि सबैजना धन्यबादको पात्र भएका छन् । मंसिर १४ गतेको उपनिर्वाचन पनि यसैगरी संयमित भई शान्तिपूर्ण हुनेछ भन्ने विश्वास मैले लिएको छु । सम्पूर्ण मतदाताहरु अनुशासित र धैर्यवान भई मतदानमा सहभागी हुन पनि म आह्वान गर्न चाहान्छु ।

५. वर्तमान दुईतिहाईको स्थायी सरकार निर्माण भैसकेपछि नेपाली जनताले सुख, शान्ति, समृद्धि, सुरक्षा र सहज जीवनको अपेक्षा गरेका थिए । संविधानले प्रदत्त गरेको मौलिक अधिकार, मानव अधिकार, सम्पत्ति माथिको अधिकार, आवास तथा स्वास्थ्य सम्बन्धी अधिकार, महिला तथा बालबालिकाको अधिकार, सामाजिक न्यायको अधिकारको भरपूर उपयोग गर्न पाउने आशामा नेपाली जनता थिए । समृद्धिको नारा सहित अघि बढेको वार्तमान सरकारप्रति जनताको धेरै भरोसा पनि रहेको थियो तर स्वयं प्रधानमन्त्रीज्यूले केही दिन अघि मातहतका मन्त्रालयको काम प्रति गर्नुभएको असन्तुष्टीले वर्तमान अवस्थाको चित्रण गरेको छ । धेरै कालखण्डपछि मुलुकमा बनेको दुईतिहाईको सरकारको गति र यसको कार्यशैलीले गर्दा अझै पनि जताको अपेक्षा पूरा हुन सक्दैनन् की भन्ने बलियो आशंका पैदा गरेको छ । सरकारको गति प्रति सत्तापक्ष र स्वयं प्रधानमन्त्री असन्तुष्ट भएबाट प्रमुख प्रतिपक्षले लगाएको आरोप पनि अब निराधार रहेन ।

६. मुलुकमा भैरहेका बलात्कार, हत्या ंिहंसाका विविध घटनाहरुले थप निराशा उत्पन्न गराएका छन्् । निर्मला पन्तको बलात्कार र हत्या पछि भएका पचासौं घटनाहरुले नेपाली नागरिकहरुलाई तसाईरहेको छ र मुलुकमा शान्ति सुरक्षा, अमनचैनको लागि सरकारले केही गर्न नसकेको भान भएको छ । यी प्रकरणहरु बढ्दै गई सम्माननीय सभामुख माथि लागेको आरोपसम्मलाई विश्लेषण गर्ने हो भने मुलुक अहिले कुन अवस्थामा पुगेको छ भन्ने कुराको चित्रण भैरहेको छ । समाज कता गैरहेको छ भन्ने कुराको ज्ञान भएको छ । सरकारको काम गराईको तौरतरिकाले शक्तिशाली सरकार पनि असफलताको बाटोमा अग्रसर भैरहेको आभाष भैरहेको छ ।

७. आफ्नो भनाई अनुसारको गराई गर्न नसकेको अहिलेको शक्तिशाली सरकार मुलुक र मुलुकवासीले भोग्दै आएका समस्याहरु समाधानभन्दा निरंकुशतामा केन्द्रित भएको भान हुन्छ । स्वतन्त्र प्रेस माथि अंकुश लगाउन खोज्नु, मौलिक अधिकार माथि हनन् गर्न खोज्नु, मानव अधिकारको संरक्षण गर्न नसक्नु, वाक स्वतन्त्रता कुष्ठित गर्न खोज्नु, न्यायिक स्वतन्त्रता माथि अंकुश लगाउन खोज्नु, न्यायमुर्तीहरुलाई तर्साउन खोज्नुले सरकारप्रति अनेक टिकाटिप्पणी र आशंका बढिरहेका छन् ।
८. मुलुकमा तीन थरिका सरकार छन् तर स्थानीय निकाय, प्रदेश र केन्द्र सरकारले लगाएका करको भार जनताले थेग्न सक्ने अवस्था छैन । अझै पैत्रिक सम्पत्तिमाथि अतिरिक्त कर लगाउने सोंचहरु स्वयं अर्थमन्त्रीबाट सार्वजनिक भैरहेका छन् । गुठीको जग्गा हडप्ने प्रकरणले उर्लिएको जनसागरले सरकारको असफलताको चित्रण गरेको छ । विना मुआब्जा सरकारी जग्गा राज्यले हडप्न् खोज्नु, विकास निर्माणले गति लिन नसक्नु, चालु खर्च बढ्नु र पूँजीगत खर्च कम हुनुु, असारे विकासले निरन्तरता पाई टालटुले काममा सरकारी प्राथमिकता हुनु, भूकम्पले भत्काएका ऐतिहाँसिक संरचनाहरु पुनःनिर्माणको काम हुन नसक्नु, त्यसको लागि विदेशी दाताहरुले दिएको सहयोग रकम पनि व्यवस्थित रुपमा खर्च गर्न नसक्नु, भूकम्प पीडितलाई दिएको अनुदानले गरिव जनताको भत्किएका संरचना बन्न नसक्नुले जनतामा सरकार प्रतिको भरोसा कम हुँदै गएको छ ।

बैंक तथा वित्तीय संस्थाको अवस्था उत्साहजनक छैन, उद्योग तथा पेशा व्यवसायमा लगानीको वातावरण बन्न सकेको छैन । शेयर बजार खस्कदो छ । विदेशी लगानी न्यून छ । चलिरहेका उद्योगहरु धरासायी भइ बन्द हुने अवस्थामा पुगेका छन् । युवा शक्ति बाहिरिएर ल्याएको रेमिट्यान्सलाई हटाउने हो भने देशको आर्थिक अवस्था अत्यान्तै दयानीय अवस्थामा पुगेको छ । रेमिट्यान्स पनि घट्दो छ । विकासका प्रयासहरु मजदूर तथा दक्ष जनशक्ति अभावले आयोजनाहरु समयमा नै सकिने अवस्था रहेको छैन । तीसौ लाख क्रियाशील युवाशक्ति विदेशिएका छन् । त्यसको प्रत्यक्ष मार देशले भोगिरहेको छ । यसमा सरकारको ध्यान गम्भीर रुपमा पुग्नुपर्नेमा ध्यान जान सकिरहेको छैन । सरकार प्रमुखको स्वास्थ्यको कारणले उहाँले अति विश्वास गरी जिम्मेवारी दिएका व्यक्तिहरुसँग समेत आवश्यक समन्वय हुन नसक्दा मुलुकमा यो अवस्था आएको हो ।

९. यसैबीचमा छिमेकी राष्ट्र भारतले नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा सहित १ नम्बर जंगे पिलर समेत आफ्नो हुने गरी नक्सा जारी गरेको छ । उक्त क्षेत्रमा मात्र नभई बर्दिया, कैलाली कञ्चनपुर लगायत सुस्ता हुँदै पूर्व मानेभञ्ज्याङसम्म चालिसौं जंगे पिलर भत्काईनु, सीमा सार्ने लगायतका कार्य गरी लाखौ हेक्टर जमिन मिच्ने काम भएको छ । जहानिया राणा शासनका प्रधानमन्त्री जंगबहादुर राणाले बाँधेको सीमाका पचासौं पिलर उखेलिनु, नष्ट गरिनु र सारिनु, हाम्रा लाखौं हेक्टर जमिन मिचिनु, नेपाली लालपुर्जा भएका जमिनहरुमा भारतीय हस्तक्षेपले गर्दा बाँझो रहनु, सीमामा जवरजस्ती अग्ला सडक बनाई जमिन डुबानमा पार्नु राष्ट्रियताको सन्दर्भमा दशकौं दशकदेखि अत्यन्तै चिन्ताको विषय थियो र छ ।

यसमा हामी सम्पूर्ण नेपाली नागरिक र समाज पनि सबै दोषी छौं । देशको सीमाको सुरक्षाको विषय मात्रै हेर्ने हो भने हामी समाजवादी, प्रजातन्त्र वादी र राष्टवादी भन्नेहरु जंगबहादुर जतिका लायकका पनि भएनौं ।
यसैको देखासिकी गरी उत्तरतर्फका केही ठाँउमा चीनले पनि यस्तै गतिविधि शुरु गरिसकेको छ । यी विषयमा सरकार गम्भीर हुन सकेको छैन । सरकारले दरोसँग आवाज उठाउन सकेको छैन । कुनै ठोस कार्यक्रम कार्यान्वयनमा ल्याउन सकेको छैन ।

प्रमुख प्रतिपक्ष तथ अन्य प्रतिपक्ष दलहरु सहित आम नागरिकले समेत सीमा सुरक्षाको विषयमा अघि बढ्न साथ दिने प्रण गर्दा पनि यस ’boutमा सरकारको सक्रियता नदेखिनु र सरकारको कामको ’boutमा आम नागरिकले महशुस गर्न नसक्नु ज्यादै दुखदायी विषय हो । यस सम्बन्धमा अनुभवी विज्ञहरुको समेत राय सुझाव लिई मित्र राष्ट्रसँग वार्तालाई पनि जारी राख्दै यस विषयलाई अन्तरराष्ट्रिय अदालतमा समेत लैजानुपर्ने अवस्था छ । विगतका अनुभव हेर्दा छिमेकी मुलुकले वार्तामा अल्झाउने तर नेपाली भूमिलाई मिच्दै जाने गरेको छ । यस कुरामा गम्भीर हुन जरुरी छ । यस विषयमा सरकार तथा आम नागरिकको समेत ध्यानाकर्षण गराउन चाहान्छु । सीमा क्षेत्रमा तत्कालै बार लगाई सीमा सुरक्षा गर्नुपर्ने मेरो मान्यता रहेको छ र तत्काल काम थाल्न पनि म आग्रह गर्न चाहान्छु ।

१०. मुलुकको वर्तमान अवस्थाको ’boutमा मैले सारंसमा माथि नै उल्लेख गरिसकें । राजनीतिक रुपमा शक्तिशाली अहिलेको वर्तमान सरकारको गतिविधिलाई सञ्च्याएर सवक सिकाउने राजनीतिले नै हो । सरकारलाई सच्याएर सही बाटोमा हिँडाउने मूल अस्त्रको रुपमा हामीले अहिले कास्की २को चुनावलाई लिएको छौं । यस चुनावकी उमेद्वार स्वर्गीय भाई रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई तथा अन्य उमेद्वारहरुको ’boutमा टिकाटिप्पणी गर्नु केही छैन । मैले पञ्चायत, बहुदल तथा लोकतान्त्रिक शासन व्यवस्थामा समेत जिम्मेवारी लिएर देश र जनताको सेवा गर्ने अवसर पाएको छु । राजनीतिमा त्याग, निष्ठा, आस्था, क्षमता, लगनशीलता, कार्यशीलता, अनुभव र तपस्या चाहिन्छ भन्ने कुरा मेरो अनुभवले पनि बताउँछ ।

यसपालीको चुनावमा सहभागी उमेद्वारहरु मध्ये यी सबै गुणहरु म संलग्न पार्टी नेपाली काँग्रेसबाट उमेद्वार बन्नुभएका खेमराज पौडेलमा पाएको छु । आफ्ना प्रतिश्पर्धी उमेद्वारहरुको उमेर जति नै शिक्षण तथा सक्रिय राजनीतिमा विताईसक्नु भएका खेमराज पौडेलको विगतको इतिहासलाई हेर्ने हो भने उहाँलाई कुनै दोष दिने ठाँउ पनि छैन ।

अर्को महत्वपूर्ण कुरा के हो भने पञ्चायती राजतन्त्रमा जस्तो परिवारवाद र सहानुभूँतिको राजनीति गणतान्त्रिक व्यवस्थामा सुहाउँदैन । सहानुभुँति नै चाहिने हो भने निर्वाचनमा उमेद्वार बनाउन बाहेक अन्य थुप्रै विकल्पहरु हुन सक्छन् । सहानुभूँतिको नाममा जनमतलाई टेकेर संसदमा छिराउनुपर्छ भन्ने मान्यता राख्न हुँदैन । यस्तो सोँचले समग्र वामपन्थी आन्दोलनलाई नै चिन्तित तुल्याउँछ । राजनीतिमा आदर्श, मूल्य र मान्यता, सिद्धान्त र कार्यान्वयनप्रति निष्ठावान हुनुपर्छ ।

अत ः अंकगणितीय मान्यता नराख्ने यस उपचुनावले निरंकुशताको बाटोमा लागेको अहिलेको शक्तिशाली सरकारलाई जनअपेक्षित बाटोमा डो¥याउने भएकोले विचारले प्रजातन्त्रवादी, अवस्था र कार्यकुशलताले गरिब निमुखाको प्रतिनिधित्व गर्ने शालिन र योग्य व्यक्तित्व तथा नेपाली काँग्रेसका उमेद्वार खेमराज पौडेललाई रुख चिन्हमा छाप लगाई अत्याधिक बहुमतले विजयी गराइदिनुहुन कास्की–२का सम्पूर्ण मतदाताहरुमा हार्दिक अपिल गर्दछु ।

सूर्यबहादुर केसी ( सीताराम )
प्रतिनिधि सभा सदस्य तथा
नेपाली काँग्रेस केन्द्रीय सदस्य (आमन्त्रित )
(यो विज्ञापन हो)