एकै परिवार १७ जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो

पोखरा, २४ वैशाख/ नेपालमा एकै परिवारका १७ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् ।

बुधबार वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित एक परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि भएको थियो ।

त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा २ महिने शिशु सहित १७ जनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । थपिएका संक्रामितहरूलाई उपचारका लागि नारायणी अस्पताल ल्याएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

कमेन्टहरु
Loading...