कुष्ठ रोग पत्ता लगाउन छाला रोग शिबिर, शिसुवा अस्पतालमा उपचार सुरु

लेखनाथ, २० चैत /पोखरा लेखनाथ महानगरपालिकाले कुष्ठ रोग पत्ता लगाउन छालारोगको शिबिर सञ्चालन गरेको छ । लेखनाथको शिसुवा अस्पतालमा भएको शिबिरमा १ सय ११ जनाले छाला रोगको परिक्षण गराएका छन् । पोखरा महानगरपालिकाले कुष्ठरोग पत्ता लगाउनका लागि यस्ता शिबिर अन्य ठाउँमा पनि सञ्चालन गरिने मयेर मान बहादुर जिसीले बताए । उनले शिसुवाबाट सुरु भए र अन्य ठाउँमा पनि शिविर राखने तयारी छ ।

सोही अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० मा स्वास्थ्य चौकीबाट अस्पताल भएको शिसुवा अस्पतालले छाला रोग उपचार सेवा सुरु गरेको छ । अस्पतालका सेवा सुविधामा विस्तार गर्ने क्रममा सोमबार चर्मरोग शिविरको आयोजना गरि थप अन्य सेवाका बारेमा जानकारी गराईएको हो । सेवाको सुरु गर्दै वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले अस्पतालबाट प्रदान हुने सेवाका बारेमा सबैलाई जानकारी हुनु पर्ने र कोही पनि विरामी उपचारबाट
बञ्चित हुन नपरोस् भन्ने सुझाव राखेका थिए ।

अस्पताल संचालक समितिका अध्यक्ष महेश्वर पाण्डेको अध्यक्षतामा भएको चर्म तथा अपाङ्गता सिविरमा पोखरा लेखनाथ महानगरपालिकाका आर्थिक प्रशासन प्रमुख बसन्तराज सिग्देल, वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेल, अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मनिसा कोईराला, छालारोग विशेषज्ञ जेनि पुन लगाएतले रोग लाग्नु भन्दा पहिला नै रोग निवारणका उपायहरुका बारेमा जानकारी गराएका थिए ।

शिविरमा डाक्टर कविता पाठक, डाक्टर सन्दिप ओझा, खोप अधिकृत राजुरमण न्यौपानेले सहजिकरण गरेका थिए भने कार्यक्रमको उद्देस्य माथी जनश्वास्थ्य अधिकृत राजेन्द्र प्रसाद पौडेलले गरेका थिए । शिविरमा एक सय ११ जनाले सेवा लिएका थिए ।

कमेन्टहरु
Loading...