डेंगुको लार्भा खाज्दै घरघरमा

पोखरा, ८ असोज / विभिन्न लायन्स क्लबहरुको संयुक्त आयोजनामा पोखराको बिरौटामा डेंगु सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा फेवा सिटी, स्मार्ट टाउन, वाराही टाउन, मिड टाउन र वर्किङ टुगेदरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा कार्यक्रममा डेंगु रोगको बारे छलफल, निवारणका उपायको खोजी र ३र दैलो अभियान समेत गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष तीर्थराज अधिकारीले पोखरामा पछिल्लो समय डेंगु रोग बढेकाले सचेतना कार्यक्रमहरु सञ्चालन हुन राम्रो पक्ष भएको बताए ।

लायन्ससँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको उनले बताए । उनीहरुले घर घरमा पुगेर पानी जमेको ठाउँमा लार्भा खोजेका थिए

कमेन्टहरु
Loading...