पोखरामा २१ जना डेंगुका बिरामी भेटिए

सागर राज तिमिल्सिना
पोखरा, २३ साउन / पोखरामा डेंगुका बिरामी भेटिएका छन् । पछिल्लो ९ दिनमा २१ जना डेंगुका बिरामी भेटिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।

बिहीबार पोखरामा भएको कार्यक्रम गरिमा स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्काले जानकारी दिए । पोखराको वडा नम्बर ४, ८, ९, १०, १७, २५ मा १७ जना र तनहुँ, स्याङजा र धरानका पोखरा आएका ४ जनामा डेंगु लागेका विरामी भेटिएको उनले बताए ।

उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही घर फर्किसकेको उनले बताए । धरानबाट डेंगु लागेर औषधी खाइ रहेका दुई जना पोखरा आएको बताए । पोखरा बसपार्क क्षेत्र र धेरै ग्यारेजहरु भएको क्षेत्रमा बढि मात्रामा डेंगुका विरामी भेटिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले जनाकारी दिए । उनले पोखरा पर्यटकीय क्षेत्रमा भने त्यसको कुनै असर नरहेको बताए ।

पोखरामा भेटिएका बिरामीको ज्यान जोखिममा नरहेको उनले बताए । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले उपचारभन्दा पनि उत्पत्ति रोक्न जरुरी भएको बताए । ‘लामखुट्टेका लार्भा रहने स्थान पहिचान गरी नष्ट गर्ने अभियान वडामा चलाइएको छ’, उनले भने, ‘महानगर मात्र होइन, यसबारे सबै सचेन हुन आवश्यक छ ।’

कमेन्टहरु
Loading...