शुक्रबार थप ९ जनामा कोरोना संक्रमणको पुष्टि

पोखरा, २ जेठ / शुक्रबार थप ९ जनाको कोरोना भाइरस (कोभिड १९) को संक्रमित थपिए पछि नेपालमा कोरोना संक्रमितको सख्या २ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको अधिकारीले जानकारी दिए ।

दाङमा पहिलो पटक संक्रमित भेटिएको हो । यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

कमेन्टहरु
Loading...