इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु

एजेन्सी / विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव इटालीमा देखीको छ । इटालीको अवस्था अहिले विश्वकै सबैभन्दा भयावह भएको छ ।

इटालीमा शुक्रबार मात्र ६ सय २७ जनाको मृत्यु भएको छ । इटालीमा मृत्यु हुने संख्या ४ हजार ३२ पुगेको छ । विश्वभरमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ९७ जनाको मृत्यु भई सकेको छ ।

यो संख्या चीनमा अहिलेसम्म मर्नेको संख्याभन्दा ८ सयले बढी हो । चीनको ऊहानमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । त्यसैले इटाली कोरोना महामारीको चपेटामा परेको विश्वकै सबैभन्दा प्रभावित मुलुक बनेको छ ।

इटालीमा ४७ हजार २१ जनामा भाइरस संक्रमित भएकोमा पछिल्लो २४ घण्टाभित्र नयाँ संक्रमित हुनेहरुको संख्या ५ हजार ९ सय ८६ देखिएको छ भने उपचार गरेर फर्किनेहरुको संख्या ५ हजार १ सय २९ रहेको छ । त्यसै गरी २ हजार ६ सय ५५ जनाको अवस्था गम्भिर रहेको छ ।

विश्वभरका १ सय ८५ देशमा फैलिएको कोरोनाबाट २ लाख ७५ हजार ७ सय ९४ जनामा संक्रमण फैलिएको छ । ती मध्ये ९१ हजार ९ सय १२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...