पहिरोले मुस्ताङ जाने बाटोमा जोखिम बढ्दै, एक पर्यटको मृत्यु, पत्रकार गम्भीर

सागर राज तिमिल्सिना
पोखरा, २७ साउन /मुस्ताङबाट पोखरा फर्कने क्रममा बेलायती पर्यटकको बिहीबार मुस्ताङमा मृत्यु भएको छ । २२ वर्षिय युवती चार्लोट इमा क्याथरिन फुफुर्लेटोनको पहिरोमा आएको ढुङ्गाले लागरे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर ४ स्थित घोप्टेभीरमा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी पर्यटकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ढुङ्गा लागेर घाइते भएकी इमालाई उपचारका लागि लेतेको प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादै गर्दा मृत्यु भएको हो ।

घोप्तेभीरमा पहिरो गएका कारण बिहान देखी अवरुद्ध भए पछि उनी सहितको टोली र अन्य पर्यटकहरु पनि रोकिएका थिए । सोही क्षेत्रमा शनिबार ढुङ्गा लागेर एपिवान टेलिभिजनका क्यामरा पर्सन उत्सल पाठक गम्भीर घाईते भएका थिए । उनको अहिले पोखराको मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।

घाइते पाठकको तत्कालै हेलिकप्टरबाट पोखरा ल्याएर उपचार भएको थियो । उनको टाउकोमा गम्भीर चाट लागेका कारण टाउकोको सर्जरी भएको छ । उनको अहिले स्वास्थ्यमा सुधार आएको चिकित्सले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...