उपनिर्वाचन जनमसंग्रह — संयोजक मिश्र

पोखरा, २९ भदौ / साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले मंसिर १४ गते हुने उपनिर्वाचन जनमतसंग्रहको रुपमा लिएको बताएका छन् ।

पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताले नेकपा र कांग्रेसको विकल्पको शक्तिका रुपमा साझा पार्टी बिचको जनमतसंग्रह भएको बताए ।

उनले नेकपा र काग्रेसको विकलपको रुपमा साझा पार्टीलार्य जिताउनले उनको दावी छ ।
संयोजक मिश्रले कास्की २ का नयाँ अनुहार सहित विवाद रहित व्यक्तिलाई उमेद्वार बनाउने उनले बताए ।

यस अगाडी रवीन्द्र मिश्रको कै चर्चा रहे पनि त्यसलाई चिर्दै उनले पोखरा कै व्यक्तिलाई उमेद्वार बनाउने बताए ।  उनले नेकपा र कांग्रेसबाट आर्थिक विकासको सम्भावना नरहेको बताए ।

संयोजक मिश्रले लोकतन्त्र प्राप्तिको ३० वर्ष बितिसक्दा पनि आमनागरिकले शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धि प्राप्त गर्न नसकेको आरोप लगाए ।

देशभित्र भएको भ्रष्टाचारले जनतालाई सधैँ पीडित भएको बताउँदै उनले राजनीतिक नेतृत्वमा रहेका व्यक्तिको सम्पत्ति छानविनको लागि साझा पार्टीले आफ्नो पहिलो मुद्दाको रुपमा अगाडि बढाएको बताए ।

कमेन्टहरु
Loading...