उपनिर्वाचमा केन्द्रित हुन कार्यकतालाई देउवाको निर्देशन

पोखरा, २९ चैत /कांग्रेस सभापति शेरबहादुर देउवाले कास्की क्षेत्र नम्वर २ को उप निर्वाचनमा केन्द्रित हुन कार्यकतालाई निर्देशन दिएका छन् । नेपाल महिला संघ कास्कीले आयोजना गरेको नयाँ वर्षं २०७६ को अवसरमा आयोजीत शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गदै उनले गुट, उपगुट र अन्तरघातको अन्त्य गरी निर्वाचनमा केन्द्रित हुन आग्रह गरे ।

कास्की क्षेत्र २ मा हुने उप चुनाबबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र रिक्त रहेको छ ।

उनले उपनिर्वाचन कांग्रेसलाई जिताएमा एकताको सन्देश देशव्यापी जाने हुदाँ पार्टी एकताको सन्देश कास्कीबाट शुरु गर्ने आग्रह गरे । उनले विभिन्न गुट, उपगुट र घात प्रतिघातका कारण पार्टीले पराजय भोग्न परेकाले पाटी यो अवस्थामा आएको बताए ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले अबको १० महिना भित्र १४ औ महाधिवेशन नभए कांग्रेसलाई गम्भीर धक्का लाग्ने चेतावनी दिए । कम्युनिष्टको उद्धेश्य नै कम्युनिजम ल्याउने भएको बताउँदै उनले भने, ‘देशमा कम्युनिजम ल्याउन रोक्ने हो भने तोकिएको मितिमा कांग्रेसले महाधिवेशन सक्नुपर्छ, हैन भने कांग्रेसलाई गम्भीर धक्का लाग्छ, अपुरणीय क्षेति पुग्छ, यो कांग्रेसका लागि दुर्भाग्य हुनेछ ।’

बरिष्ठ नेता पौडेलले वर्तमान सरकारले कम्युनिष्टको रातो झण्डा ओढेजति सबैलाई भ्रष्टाचारमा छुट दिएको आरोप लगाए ।

नेकपा महासचिव विष्णु पौडेल भुमाफियाबाट ठगिएको भनेर सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको भन्नुपनि त्यसैको एउटा रुप भएको उनको टिप्पणी थियो ।

रातो झण्डा ओढेपछि भ्रष्टाचारमा छुट छ–उनले भने,‘आफ्नो पार्टी र आफ्नो मान्छेले गरेका अगतिला कामपनि ढाकछोप गर्छ, लुकाउँछ ।’

कमेन्टहरु
Loading...