५८ सालपछि परीक्षा छुटेकालाई मौका परीक्षा, स्नातकोत्तर, स्नातक र प्रवीणता तहको अन्तिम मौका

पोखरा, ४ असार / त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि कारण विषेशले परीक्षा दिन छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ ।

स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि परीक्षा दिन मौका परीक्षाको सूचना त्रिविले निकालेको हो ।

जेठ ५ गते बसेको बैठकले मौका परीक्षा दिने निर्णय गरेको हो । मौका सबै संकायका विद्यार्थीका लागि भएको त्रिविले निकालेको सुचनामा उल्लेख छ ।

थेसिस, व्यावहारिक परीक्षा र शिक्षण अभ्यास दिन बाँकी रहेका सबैलाई यो मौका दिइने सुचनामा छ । थप जानकारीका लागि सूचनामा हेर्न तथा त्रिविको परीक्षा शाखामा सम्र्पक गर्न भनिएको छ ।

५८ सालपछि परीक्षा छुटेकालाई मौका परीक्षा, स्नातकोत्तर, स्नातक र प्रवीणता तहको अन्तिम मौका
५८ सालपछि परीक्षा छुटेकालाई मौका परीक्षा, स्नातकोत्तर, स्नातक र प्रवीणता तहको अन्तिम मौका
त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालय
कमेन्टहरु
Loading...