पानी जहाज दुर्घटनामा पाँच सयको मृत्यु

रोम इटाली/भूमध्यसागरीय क्षेत्रमा शनिबार भएको पानी जहाज दुर्घटनामा परी करिब ५ सय जना आप्रवासी शरणार्थीको मृत्यु भएको छ ।

भूमध्यसागरबाट युरोप पस्न लागेका आप्रवासीको उद्धार गरिँदै । तस्बिर एपी
भूमध्यसागरबाट युरोप पस्न लागेका आप्रवासीको उद्धार गरिँदै । तस्बिर एपी

शनिबार भएको यो दुर्घटनामा कम्तिमा ५ सयजनाको ज्यान गएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै संयुक्त राष्ट्रसङ्घ शरणार्थी अधिकारका लागि कार्यरत संस्था युएनएचसीआरले बुधबार जानकारी दिएको छ ।

समुद्रमा भएको सो भयानक दुर्घटनामा साना डुङ्गाका सहयोगमा केही आप्रबासीलाई उद्धार गरिएए पनि जहाजमा यात्रारत अधिकांश आप्रबासी शरणार्थीको दुखद अन्त्य भएको बुझिएको यूएनएचसिआरले बताएको छ ।

यतिका धेरै संख्यामा ज्यान गुमाउनेहरुमा सोमालिया, सुडान, इथियोपिया र इजिप्टबाट शरणार्थीका रुपमा युरोप हिँडेका आप्रवासी रहेका छन् ।  दुर्घटनामा बच्न सफल ४१ जनालाई साना डुङ्गाको सहयोगमा उद्धार गरएपनि करिब ५०० जना समुद्री इलाकामा बेपत्ता भएका बाँच्न सफल शरणार्थीले बताएको युएनएचसिआरका कारलोटा सामीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अप्रिल १६ मा समुद्रबाट उद्धार गरिएका उनीहरू अर्को दिन ग्रिसको कालामाटा पुगेका यूएन्एच्सीआरले बताएको छ । एजेन्सी

कमेन्टहरु
Loading...