महिलाः जो संसार बदल्दैछन् !

भावानुवादःवाशुदेव मिश्र

विश्वप्रसिद्ध टाइम म्यागेजिनले पछिल्लो अङ्कमा ‘४६ महिला ः जो संसार बदल्दैछन्’ भन्ने शीर्षकमा एउटा आलेख प्रकाशित गरेको छ । राजनीति, खेलकुद, मिडिया,उद्योग,चिकित्साशात्रलगायतका सबैजसो क्षेत्रमा लागेका अग्रणी महिलाहरुको सफलतालाई समेटिएको सो आलेख.. ले तयार पारेका हुन् । हिलारी क्लिण्टनदेखि सेरेना विलियम्ससम्म अटाएको सो आलेखको भावानुवाद यहाँ प्रस्तुत गरिएको हो ।

१. म क्युवामा जन्मिएँ । त्यहाँ मेरा पिता राजनीतिक बन्दी हुनुहुन्थ्यो । जेलबाट छुटेपछि मेरा पिता र माताले सुखी जीवनको लागि अमेरिका जाने निर्णय गर्नुभयो । हामी अमेरिकाको न्यूजर्सी आयौँ । त्यहाँ मेरा अभिभावकहरु कडा परिश्रम गर्नुहुन्थ्यो, त्यसमा मेरो गर्व पनि छ । उहाँहरुले कडा परिश्रमबाटै मनग्य पैसा जम्मा गर्न सक्नुभयो र आफ्नै ग्रोसरी ( किराना ) पसल स्थापना गर्नुभयो । स्कूलपछि म जस्तै अन्य केटीहरु स्काउटको मिटिङ जाँदै गर्दा म भने खाजा खाइवरी पसलको खचाञ्ची बन्न पुगिसकेको हुन्थेँ ।

THE ENGINEER Geisha Williams First Latina CEO of a Fortune 500 company
THE ENGINEER
Geisha Williams
First Latina CEO of a Fortune 500 company

त्यसले मलाई राम्रो बनायो किनकि मैले ठाउँका ठाउँ पैसा खुद्रा गर्नुपथ्र्यो । पसलबाटै मैले सानो उमेरमा समाजको हिस्सा बन्नुको मूल्य, ग्राहक सेवा, कडा मेहनत र कामप्रतिको समर्णणबारे जानकारी पाएँ । मियामी विश्वविद्यालयबाट इञ्जिनियरिङको डिग्री प्राप्तिपछि म एउटा स्थानीय उर्जा कम्पनीमा काम गर्न पुगेँ । भाग्यवश त्यहाँ मैले लामो समय जीवनभर खानी विशेषज्ञको रुपमा काम गर्ने एक व्यक्तिलाई भेट्टाएँ । एक दिन उनले भने,‘जेसिका तिमीलाई लामो जागिरे जीवनप्रति प्रेरित गर्ने कारण के हो ?’

मैले भनेँ,‘अँ, मलाई थाहा छैन । सायद म कुनै दिन म्यानेजर अथवा सुपरभाइजर हुनेछु ।’ उनले असहमतिमा मुन्टो हल्लाउँदै भने,‘मेरो मतलव लामो जागिरे जीवन ?’ ठीक ! म लामो समयबारे सोच्न थालेँ । म जस्तै महिलाहरु, ल्याटिनोहरु र कुनै पनि आप्रवासीले प्राधिकरण चलाएकै थिएनन् ।  उनले भने, ‘जेसिका यस्तो प्राधिकरण कसै न कसैले चलाउनुपर्छ ,त्यो तिमी किन हुन सक्दिनौ ?’

उनको अभिव्यक्ति वास्तविक थियो । तर, मैले संस्थाको कर्मचारीको तहहरु सम्झेँ,उनीहरुको धरातल हेरैँ , डिग्री हेरैँ, उनीहरुको अनुभव हेरेँ । त्यहाँ सबै इञ्जिनियरिङका डिग्रीधारी थिए । ठीक छ, मसँग पनि इञ्जिनियरिङको डिग्री छ । मैले सोचेँ, त्यसो भए म किन हुन्न ?’

उद्योग पुरुषको चंगुलमा थियो । तर, म पुरुषको प्रभुत्ववादी वातावरणमा पनि सजिलो महुशुस गर्थेँ । मैले असीको दशकमा इञ्जिनियरिङ पढ्दा त्यो क्षेत्रमा धेरै महिलाको प्रवेश नै हुँदैनथ्यो । तर, मैले उनीहरुलाई होच्याउने अवसर नै दिइन । मैले यो विषयलार्य व्यवसायिक र आदरपूर्वक ग्रहण गर्ने निर्णय गरेँ । म सोच्थेँ, म जे राम्रो हो त्यही गर्दैछु, म ग्राहकलाई सेवा गर्दैछु, कडा मेहनतका साथ म यो कठिनताबाट बाहिर आउँदैछु । मलाई लाग्छ, मैले यहाँबाट भोलीका दिनमा जे गर्न पनि सक्ने आत्म विश्वास प्राप्त गर्दैछु ।

जब बोर्डले मलाई प्रमुख कार्यकारी अधिकृत ( सिइओ ) मा नियुक्त ग¥यो त्यो आफैले आफैलाई लागि ‘वाउ’ भन्ने क्षण थियो । त्यतिबेला मैले पहिलो फोन गर्ने व्यक्ति तिनै थिए, जसले मलाई तिमी गर्न सक्छौँ भनेका थिए । म मेरो परिवारको पहिलो कलेज जाने व्यक्ति हुँ । म नै मेरो परिवारको अमेरिकी कम्पनीको उच्च तहमा पुग्ने महिला हुँ । म धेरै कारणले पहिलो छु । अंग्रेजी नजान्ने आप्रवासी परिवारबाट फच्र्युन पत्रिकाको २०० सिइओमा अटाउने पनि म नै हुँ ।

तपाईँ सधैँ मानिसहरुले पहिलो भनेको के हो भन्नेबारे कुरा गरेको सुन्नुहुन्छ । यस्तोमा निश्चित हुनुपर्ने कुरा के छ भने त्यहाँ अरु पनि छन् । यदि म पहिलो हो भने निश्चय पनि म अन्तिम बन्न चाहन्न । म महिलाहरुलाई जटिलखाले जागिरको लागि आग्रह गर्दछु । त्यहाँबाट जुन आत्मविश्वास जागृत हुन्छ, त्यसले अर्को अनि अर्को कामको लागि मद्धत गर्छ । यो एक प्रकारको तपाईँले आर्जेको शक्ति हो र त्यसले तपाईँलाई तपाईँमाथि नै विश्वास गर्ने बनाउँदै जे चाह्यो त्यही गर्न सक्ने बनाउँछ ।

(जेसिका विलियम हाल अमेरिकाको पिजि एण्ड इ. कर्पोरेसनमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । )

 

२. तिमी उनीहरुले जस्तै अथवा झन राम्रो गर्न सक्छौ

माध्यमिक तहको पढाईको क्रममा भएको एक परीक्षाबाट म गणितमा राम्रो भएको थाहा पाएसँगै दुर्घटनावश म इञ्जिनियर बन्न पुगेँ । थाहा थियो,मलाई गणित मन पर्छ । म सोच्थेँ, म ठीक छु । मलाई हेर्ने मनोविज्ञले एकदिन भने,‘भगवान, तिमीले अचम्मै ग¥यौ,तिमी.. तिमी गणितज्ञ बन्छ्यौ ।’ त्यही दिनदेखि मैले थाहा पाएँ, जे म सामान्य भन्ने सोच्छु ,त्यो सामान्यभन्दा माथि छ ,मैले त्योभन्दा बढी गर्नुछ ।

THE EXECUTIVE Ursula Burns First black woman to run a Fortune 500 company
THE EXECUTIVE
Ursula Burns
First black woman to run a Fortune 500 company

म म्यानह्याटनमा जन्मेँ र हुर्केँ । त्यहाँ ५० देखि ७० को दशकसम्म जम्मा १० वटा ब्लक निर्माणको क्रममा थिए । त्यो आफैमा रमाइलो र राम्रो थियो । म अक्सर पछाडि फर्केर हेर्छु, यसले मलाई त्यो बेलाको छिमेकी सम्झाउँछ । त्यस्तोमा डर, त्रास र भोकको कल्पना गरिन्छ तर वास्तवमा त्यहाँ त्यस्तो थिएन ।

अपार्टमेण्टहरु बन्दै थिए र हामी चलायमान थियौँ । त्यस्तैमा हाउजिङको काम सकियो । त्यो आफैमा असाधारण थियो । यदि तपाईँ त्यहाँ जानुहुन्छ भने भन्न सक्नुहुन्छ,के यो असाधरण हो र ? तर,हामीले परिवर्तनलाई खुट्याउनुपर्छ ।ती सबै परिवर्तन र सुधारका लागि थिए । सानो अपार्टमेण्टबाट ठूला अपार्टमेण्टको विकास आफैमा अमेरिकी विकासका संकेतहरु हुन् ।

आमा, दाजु ,बहिनी र म । तपाईँ मेरी आमालाई सोध्नुहुन्छ भने उहाँले सायद भन्नुहुनेछ,‘त्यो मेरोभन्दा उहाँको लागि कठिन समय थियो ।’त्यहाँ सानो समुदाय थियो र हामी गरिब थियौँ । हाम्रो परिवार कठिन श्रम गथ्र्यौ । हामीमध्ये धेरैको एकमात्र अभिभावक हुनुहुन्थ्यो तर हामीमाथि बढी नै निगरानी अनि ध्यान दिइन्थ्यो । मेरी आमाले हाम्रो राम्रोको लागि धेरै गर्नुभयो । तर हाम्रो स्मृतिमा त्यो बेलाको धेरै कुरा त्यसको मापन गर्न सकिँदैन ।

धेरैले मेरोबारे तीन कुराले पीडा दिने प्रयत्न गर्थे । मलाई लाग्छ,यो आफैमा अनौठो छ तर म त्यसलाई पीडाको रुपमा भने लिन्नँ । म गरिब थिएँ, काली थिएँ र महिला थिएँ । तीमध्ये गरिबी,तपाईँ त्यसको लागि काम गर्न सक्षम हुनुहुन्छ र बाहिर निस्कन सक्नुहुन्छ । तर,काली महिला भनिनु साँच्चै नराम्रो थियो । यो छनौटको विषय हुन थिएन र हैन । यति भन्न सकिन्छ, तिमीबाट कुनै काम सम्भव छैन सफल हुँदैनौँ अथवा असल व्यक्ति मापनको आधार अनि अवसर र बुद्धिमानको मापन एवं चलाख र अवसर प्राप्तिको आधार पनि यी तीनवटा कारणबाट सृजित थिए ।

कसैले यस्तो भनेपछि त्यसले मलाई घोच्यो । उनीहरुले त्यसो भन्नेमध्ये म पहिलो चाहिँ थिइन । मैले त्यस्तो पहिले पनि सुनेको थिएँ । तर, मैले सोचेँ, म कति दुःखी छु ! मैले आफैलाई परिवर्तन गर्न खोजेँ । त्यही कोणबाट हेर्दा फरकपन आफैमा राम्रो हो । म गणित र विज्ञानको इञ्जिनियरको रुपमा हुर्कदै थिएँ । त्यहाँ धेरै पुरुष थिए र अधिकांश गोरा, सबै गोरा । सबै पुरुष भन्नाले फेरि पनि फक भनेको साधारणतया राम्रो उत्तम हुन्छ अर्को कुरा, लैङ्किता र वर्ण भनेका फरक कुरा हुन् र यसलाई शक्तिको रुपमा लिँदा त्यो सकारात्मक बन्नपुग्छ ।

तपाईँ तिनीहरुले जति गर्न सक्छन्, त्यति नै गर्न सक्नुहुन्छ अथवा त्योभन्दा पनि राम्रो । यसो गर्दा तपाईँ अरुको आँखामा पर्नुहुन्छ । त्यतिबेला तपाईँले धेरैभन्दा धेरै व्यक्ति सामु टाउको झुकाउन देखि बच्नुपर्छ तर त्यसलाई तपाईँले अवसरको रुपमा लिन सक्नुपर्छ । खासगरी केही गर्छु भन्ने महिलाहरुले यसमा विशेष ध्यान दिनैपर्छ ।

महिला वा कालो वर्णकी महिला भएर कुनै कार्यक्षेत्रमा जाँदा तपाईँ सधैँ अल्पसंख्यकमा पर्नुहुन्छ । त्यहाँ सबैका आँखा तपाईँको काममा हुन्छन् । जबसम्म तपाईँको फरकपन दुर्दशा बन्दैन तबसम्म त्यो आफूलाई चिनाउने अवसर बन्ने गर्छ । तीनवटा मध्ये दुईवटा चोटबारे मेरो भन्नु यत्ति नै ! उर्सुला बर्नस् २००९ देखि २०१६ सम्म जेरक्स कम्पनीको अध्यक्ष थिइन् ।उनी २०१७ मा सेवा निवृत्त भइन् ।

३.

मैले मेरो पहिलो भिडियो २००७ मा अपलोड गरेँ । त्यो बेलासम्म सामाजिक संजाललाई सामाजिक सञ्जाल नै भनिदैनथ्यो । मानिसहरु साइटमा जान्थे, विचार र भिडियोहरु एकिकृत गर्दै अपलोड गर्थे । यु ट्युव मेरो सिर्जनशीलता पोख्ने ठाउँ बन्यो । मसँग कुनै प्रायोजक थिएनन् , न त मलाई कसैले आफ्नो उत्पादन सित्तैमा दिन्थे । म बाहिर जान्थेँ र आफ्ना श्रृंगारका सामान किनेर ल्याउँँथे ।

THE ENTREPRENEUR Michelle Phan First woman to build a $500 million company from a web series
THE ENTREPRENEUR
Michelle Phan
First woman to build a $500 million company from a web series

म मेरो जवानीमा आमाले भनेजस्तै राम्रो जीवन प्राप्तिलाई मूलमन्त्र मान्थेँ । उहाँ मलाई डाक्टर भएको देख्न चाहनुहुन्थ्यो ।तर, उहाँको चाहनामा मैले मेरो भविष्य देखिन । मैले आमासँग प्रतीज्ञा गरेँ,‘म तपाईँको हेरचाह गर्छु तर मलाई मैले भनेको जस्तै हुनुपर्छ ।’

त्यस्तैमा मलाई एउटा नामी सौन्दर्य सामाग्री उत्पादन कम्पनीबाट आकर्षक प्रस्ताव आयो । उनीहरुले मलाई डाक्टरले कमाउन सक्नेभन्दा ठूलो परिमाणको सम्पत्ति आर्जनको कुरा सुनाए । त्यो कुरा सबैभन्दा पहिले मैले मेरो आमालाई भनेँ । उहाँले मलाई उत्प्रेरणाका साथ मेहनत गर्न सुझाउनुभयो ।

म सम्झन्छु, त्यो बेला मैले आमासँग सोधेँ,‘आमा तपाईँ के गर्दै हुनुुहन्छ ?’ उहाँले भन्नुभयो,‘म कसैको नङ मिलाउँदै छु ।’ म मैले आमालाई भने,‘यो तपाईँको अन्तिम काम हो, अबदेखि त्यसो गर्नुपर्दैन, म हजुरलाई हेर्छु ।’

(मिचेल फान सौन्दर्य सामाग्री कम्पनी इप्सी र ब्युटी ब्राण्ड इमकी संस्थापक हुन् । )

कमेन्टहरु
Loading...