सरकारले भन्यो -चाहिय जति इन्धन र भरि सिलिन्डर ग्यास लैजानुस्

पोखरा, १० फागुन/आपूर्ति मन्त्रालयले पेट्रोल वितरणमा लगाउँदै आएको अधिकतम कोटा खारेज गरेको छ । अबदेखि गाडी र मोटरसाइकलमा सवारी धनीले चाहेजति पेट्रोल हाल्न पाउने भएका छन् ।


यसैगरी मन्त्रालयले आधासिलिन्डरको निर्णय उल्ट्याउँदै अब १४ दशमलव २ किलोकै भरी सिलिन्डर बेच्न दिने निर्णय गरेको छ । सोमबार आपूर्ति मन्त्री गणेशमान पुनले मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएका हुन् । भारतीय नाकाबन्दीले बजारमा तेलको अभाव भएपछि निगमले मोटरसाइकललाई ५ लिटर र कारलाई १५ लिटरको सीमा तोकिदिएको थियो ।

‘कोटा राखेर अधितम् परिमाणत्मक बन्देज लगाउँदा एउटै उपभोक्ता दिनदिनै लाइनमा आएको पाइयो । त्यसैले अब भरी ग्यास सिलिन्डर र फूल ट्यांक पेट्रोल पाउने व्यवस्था गरेको हौं’ मन्त्री पुनले भने(‘कुल मागको ७० प्रतिशत तेल आईरहेको छ, यसैलाई उचित व्यवस्थापन गरेर वितरण हुन्छ ।’

कमेन्टहरु
Loading...