सरकारलाई प्रभावकारी बनाउन मन्त्री फेरबदल हुन्छन्– प्रचण्ड

पोखरा, २१ कात्तिक / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारकाको कामलाई प्रभावकारी बनाउन सरकारमा भएका मन्त्रीहरु फेरबदल गर्ने बताएका छन् ।

प्रेस सेन्टर गण्डकी प्रदेश र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्रीले मन्त्रीहरुको काम सम्बन्धमा उनीहरु सगँ छलफल गरे पछि काम हेरेर हेरफेर हुने बताए ।

उनले सरकारले काममा भने गियर बदल्ने बताए । उनले भने,‘सरकारले अब गियर बदल्दै छ, सरकारको गति बढाउन जे जे समस्या छ वा त्यस्ता केहि नमिलेका तथा अपुग छन् भने त्यो मिलाएर भएपनि पूरा गरिन्छ । उनले ओली नेतृत्वको सरकारले जनताले अपेक्षा गरेजस्तै गरी काम गर्ने विश्वाससमेत व्यक्त गरे ।

प्रचण्डले ओली सरकार अन्र्तराष्ट्रिय शक्ति सन्तुलन, राष्ट्रियता, ऐतिहासिक र रणनीतिक रुपमा सफल भएको पनि दाबी गरे । असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनुका साथै छिमेकी देश भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन पनि यो सरकार सफल भएकाले वर्तमान सरकारलाई असफल भन्न नमिल्ने उनले तर्क गरे ।

बर्षाको समयमा खाल्डा खुल्डी पुर्न र बाटो निर्माणमा केहि ढिलासुस्ती भएपनि अब चाँडै ति काम पनि हुने उनको भनाई छ । उनले नेपाल ल्याण्ड लक्ड (भूपरिवेष्ठित) देशबाट ल्याण्ड लिंक्ड कन्ट्री बन्न सफल भएको भन्दै यो सफलता वर्तमान सरकारकै कारण भएको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले कर्मचारीका कारण नेपालमा राजनीतिक नेतृत्व र सरकार असफल हुनेगरेको आरोप लगाए । राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्व बिचको बुझाईमा एकरुपता नहुँदा नयाँ प्रणाली स्थापित हुन समय लागेको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...