स्याङ्जामा सवारी दुर्घटना, एकको मृत्यु एक घाइते

पोखरा, ६ कात्तिक / स्याङजाको गल्याङ नगरपालिका १ मालुङ्गा, सिद्धार्थ राजमार्गमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

राम्दीबाट गल्याङतर्फ जादै गरको लु १ च ७२५६ नम्बरको पिकअप जिपले विपरित दिशाबाट जाँदै गरेको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।

गुल्मी मालिका गाउपालिका १ घर भएकी रुपा थापामगरको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा मृत्यु भएको हो । उनका श्रीमान २७ बर्षिया महेश पुन मगरको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भैरहेको छ ।

प्रहरीले पिकअप जिप, चालक र स्कुटरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...