समृद्धिका लागि एकाकार बन्नु आवश्यक–मन्त्री अधिकारी

पोखरा, ९ कात्तिक /संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रको समृद्धिका लागि एकाकार बन्नु पर्ने बताउनु भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्की निर्वाचन क्षेत्र २ द्धारा आज पोखरामा विजया दशमी, दीपावली लगायतका बिभिन्न चाड पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले संस्कृति तथा पर्वहरुले एक आपसमा पुर्नमिलन र मेलमिलापको वातावरण सिर्जना गर्ने बताउनु भयो ।

संघीयताको मर्म अनुसार तीन वटै तहका कानून निर्माणमा वर्तमान सरकार लागि परेको बताउँदै नेकपाका केन्द्रिय सदस्य समेत रहनु भएको उहाँले जनताले प्रत्येक्ष अनुभू ितगर्ने किसिमबाट कामहरु अघि बढाउन लागिएको उल्लेख गर्नुभयो ।

नेपाल वायुसेवा निगमलाई अन्तराष्ट्रियस्तरमा नै प्रतिष्पर्धा गर्ने सक्ने किसिमको बनाउन सरकार लागि परेको उल्लेख गर्दै उहाँले यस वीचमा अन्तराष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा ल्याइ सकिएको बताउनुभयो ।

तोकिएकै समय भन्दा अघि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताउँदै मन्त्री अधिकारीले गौतम बुद्ध विमानस्थल आगामी छ महिना भित्रमा सञ्चालनमा आउने जानकारी दिनुभयो ।

मुलुकलाई अभाव एवम् गरिवीपन हटाउँदै समृद्धितर्पm अघि बढाउन सरकार लागेकोमा जोड दिदै उहाँले विकासका लागि सवै एकाकार हुनुको विकल्प नभएको बताउनुभयो । दीगो विकासबाट लोकप्रियता हासिल गर्ने लक्ष्य रहेको बताउँदै उहाँले यस बीचमा एक सय ५० कानून, तीन सय संशोधनका साथै प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेतर्पm सरकार उन्मुख बनेको उल्लेख गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङ(करण)ले निर्वाचनका अवसरमा पार्टीले गरेका प्रतिवद्धता पुरा गर्न सरकार कटिवद्ध रहेको बताउँदै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । नेकपा कास्की संयन्त्र सदस्य एवम् प्रदेश सभा सदस्य कृष्णबहादुर थापा, संयन्त्र सदस्यव्दय युवराज पौडेलले र विश्वप्रकाश लामिछानेले निर्वाचनमा व्यक्त प्रतिवद्धता अनुसार सरकारले काम गर्नुपर्ने धारणा राख्नुभयो ।

कमेन्टहरु
Loading...