सरकारी जग्गा हिनामिना गर्नेलाई छोड्ने वाला छैंनौः सभापति देउबा

पोखरा, ६ बैशाख /नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले सरकारी स्वातित्वमा रहेको जग्गा हिनामिना गर्नेलाई नछोड्ने बताएका छन् ।

कास्कीको माछापुच्छे गाउँपालिका सार्दीखोलामा स्वर्गिय विपी कोइराला स्मृति भवनको उद्घाटन गर्दै उनले राणा शासनकालमा सुवर्ण शमसेरको स्मात्विमा रहेको जग्गालाई राजा महेन्द्र शाहले अधिग्रहण गरि सो जग्गालाई सरकारी स्वामित्वमा ल्याएको उनले बताए ।

सरकारी स्वामित्व रहेको जग्गालाई केही गर्न नपाईंने उनको धारणा थियो । ‘सरकारी स्वामित्वमा रहेको जग्गालाई बेच्न पनि पाइन्न, किन्न पनि पाइन्न,’ उनले भने, ‘सरकारी जग्गा व्यक्तिको नाममा कसरी गयो ? बेच्ने को हो ? किन्ने को हो ? त्यो त राष्ट्रियकरण भई सकेको जग्गा हो ।’

अधिग्रहण गरिएको जग्गा भए पनि किनबेच गर्न नपाईंने उनको धारणा थियो । ‘थाहा पाई पाई यो काम भएको छ,’ उनले भने, ‘यस्लाई हामी छोड्नेवाला छैनौं ।’

ओली सरकारले एक वर्ष पुरा गर्दा पनि केही गर्न नसकेको उनको आरोप थियो । अहिले देश एकदमै कठिन परिस्थितिबाट गुज्रि रहेको उनले सुनाए । ओली सरकारले कर बढाएर, भ्रष्ट्रचार बढाएर जनातालाई दुःख दिने काम गरि रहेको उनको आरोप छ ।

‘लुट्न सके लुट कान्छा भन्ने गीतसँग डराएर सरकारले बन्द गरायो,’ उनले भने, ‘नलुटेको भए किन बन्द गराउथ्यो ?’ ओली सरकारले पञ्चायत कालमा जस्तो कुखुराको अण्डामा पनि कर लगाएको उनको आरोप थियो ।

कमेन्टहरु
Loading...