CAN

सागमा रजत पदक विजेता विन्दु पुन पोखरामा सम्मानित

68

पोखरा, २२ फागुन/दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता विन्दु पुन मगर लेकसाईड क्योकुसिन कराँते डोजाङद्वारा सम्मानित भएकी छिन् । लेकसाईड क्योकुसिन डोजाङकी प्रशिक्षार्थी पुनले पदक जितेर लेकसाईड डोजाङसहित खेलकुद र समग्रमा देशकै ईज्जत प्रतिष्ठा बढाएको भन्दै नगद दश हजार पाँच सय सहित सम्मानपत्रले सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङले पुनलाई सम्मान गरे ।

सागमा रजत पदक विजेता विन्दु पुन पोखरामा सम्मानित
सागमा रजत पदक विजेता विन्दु पुन पोखरामा सम्मानित

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य नोना गुरुङ, नेपाल सिन क्योकुसिन कराँते संघका पश्चिमाञ्चल प्रमुख शिव गुरुङ र लेकसाईड डोजाङका अध्यक्ष अशोक लामाले अविर र खादा लगाएका थिए । विन्दुले माघ २२ गतेदेखी फागुन ५ गतेसम्म भएको बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा उसुको खुल्ला प्रतिष्पर्धामा रजत पदक जितेकी थिईन् । कराँते खेलाडी उनी उसुको एक महिने तालिम लिएलगत्तै छनौट भएकी थिईन् । म्याग्दी घर भएकी विन्दु हाल पोखरा–६ लेकसाईडमा बस्छिन् भने पोखराको मंगला शिक्षा कलेजमा कक्षा १२ मा अध्ययरत छिन् ।

एसियन खेलकुदमा सहभागिता जनाईसकेकी २१ वर्षिया विन्दुले यसअघी राष्ट्रिय स्तरको खेलमा ४ स्वर्ण जितेकी छन् । सम्मान कार्यक्रममा राखेप सदस्य फत्तबहादुर गुरुङले राज्यले खेलाडीको मूल्याङ्कन गरेर सम्मान गर्नुपर्ने बताए । उनले खेलकुदका विभिन्न संघसंस्थाले पनि खेलाडीलाई हौषला प्रदान गर्नको लागि सम्मान गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

सम्मानित खेलाडी विन्दु पुनले सम्मानले आफूलाई खेलमा लागिरहन हौषला प्रदान गरेको बताईन् । उनले आफ्नो लागि खेल नै जीवन भएकाले खेललाई निरन्तरता दिने प्रतिबद्धता जनाईन् । उनले कराँते खेललाई निरन्तरता दिएपनि उसुलाई प्राथमिकतामा राखेर खेलमा लागिरहने प्रण गरिन् ।

सम्मान कार्यक्रमको अवसरमा हालैमात्र कराँतेको व्ल्याक बेल्ट प्राप्त खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । लेकसाईड सिन क्योकुसिन कराँते डोजाङका प्रमुख अशोक लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केवी लामाले गरेका थिए ।