सागर राज तिमिल्सिना
पोखरा, २२ फागुन /पोखरामा सञ्चालन भएको सफल पोखरा म्याराथन प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीका नारायण थापाले जितेको छन् । ८३ प्रतियोगिलाई पछि पार्दै थापाले नगद ६० हजार रुपैया, मेडल, प्रमाणपत्र हात पारे । भोजपुरका मिक्सन तामाङले दोस्रो हुदै नगद ४० हजार मेडल र प्रमाणपत्रका दाबेदार बने ।
त्यसै गरि सशस्त्र प्रहरी कै खिम बहादुर खत्री तेस्रो हुदै नगद २५ हजार रुपैया, मेडल र प्रमाण पत्र हात पारेका छन् । किर्तिपुरका धर्म मर्हजनले नगद ४ हजार रुपैया सहित सान्तोना पुरस्का जित्न सफल भए । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनमा भएको प्रतियोगितामा विद्यालय स्तरीय ५ किलो मिटर छात्र दौडको उपाधि बेथानी बोडिङ स्कुलका विनोद गुरुङले जिते । सोही बोडिङका सनदीप सिन्जाली दोस्रो भए भने सैनिक आवासीय महाविद्यालयका मनोज अधिकारी तेस्रो भए ।
विद्यालय स्तरीय ५ किलो मिटर छात्रा दौडको उपाधि पिपुल्स दुगेदरर्स तेक्वान्दो डोजाङकी अस्मिता मगरले जितिन् । सहिद स्मृती आवासिय विद्यालयकी श्रृस्टी चौधरी दोस्रो र सोही विद्यालयकी माधुरी कुर्मी तेस्रो भए । ह्विल चियर पुरुष दौडमा सुरेश गौली, भरत अधिकारी र भरत बानियाले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । महिला तर्फ लक्ष्मी सुनार, धना मगर, अन्जु बरालले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।
विजेता खेलाडीलाई पश्चिमाञ्चलका क्षेत्रिय प्रसाशक शंकर कोइराला, मुख्य प्रायोजक लक्ष्मी हाउसका सञ्चालक गणेश श्रेष्ठ, निदेशक निरन्जन श्रेष्ठ, सोसाइटी डेभलपमेन्ट बैकका अध्यक्ष शुषिल पराजुली, भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष खड्क रानाभाट, शसस्त्र प्रहरीका नरेन्द्र श्रेष्ठ लगायतले पुरस्का वितरण गरेका थिए ।