पोखरा प्रिमियर लिगको अन्तिम खेलमा पोखरालाई १०४ रनको लक्ष्य

पोखरा, १७ कात्तिक/लिगको अन्तिम खेल जित्नै पर्ने दबावमा रहेको पोखरा पल्टनका ललितनाथ राजवंशी र मोहम्मद नाभेदले उत्कृष्ठ बलिङ गरेपछि हुलास काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १०४ रनको झिनो स्कोरको लक्ष्य दिएको छ ।

मोहम्मद नाभेदले एकै ओभरमा जे। कोल्सावल र गौरभ तोमारलाई डक आउट गरेपछि हुलास काठमाडौं रोयल्स नमस्ते प्रिमियर लिगको अन्तिम खेलमा पोखरा पल्टनलाई सामान्यस्कोरको लक्ष्य प्रस्तुत गरेको हो । अमित श्रेष्ठले २१ रन बनाउँदै काठमाडौलाई राम्रो शुरुवात दिलाए । तर कोल्सावाल र तोमरको विकेट शून्यमै झरेपछि काठमाडौंको खराब लय दोहोरिन पुग्यो ।

कप्तान ज्ञानेन्द्र मल्लले इनिङ सम्हाल्दै ३१ रनमा ललितनाथ राजवंशीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए । मल्ल पाँचौ विकेटको रुपमा आउट भएपछि काठमाडौंं ७५–५ को कमजोरस्थितिबाट अगाडि बढ्यो । थप एक रन जोड्दा नरेश बुढाएर पभेलियन फर्किए । मल्लले २८ बल खेल्दै ३ चौका र १ छक्का हिर्काए । मल्ल भन्दा अघि पवन सर्राफ १२ रनमै आउट भएका थिए । उनले १९ बल खेले ।

नरेश बुढाएर ६ रनमा आउटभएपछि काठमाडौंले लिगको अन्तिम खेलमा पोखरा पल्टनलाई सामान्य स्कोरको लक्ष्य दिने लगभग पक्का जस्तै भयो । अदिल खान ७, अमरसिंह राउतेला १ रनमै पभेलियन लम्किएपछि काठमाडौं खातामा रन जोड्ने काम भने क्रिकेटको भेट्रान खेलाडी बसन्त रेग्मीले गरे ।

उनले १२ बलमा एक छौका र दुई छक्का हिर्काउँदै १९ रन बनाए । रेग्मी नटआउट रहेपनि सुशान भार रि नन्दन यादव शुन्य रनमै आउट भएपछि हुलास काठमाडौं १९.१ ओभर खेल्दै पुरा विकेट गमाउँदै १०३ रनमा समेटिएको थियो ।

कमेन्टहरु
Loading...