पोखरा प्रिमियर लिग आज देखी, पोखरा पल्टन र विराटनगर उद्घाटन खेलमा भिड्दै

पोखरा, ९ कात्तिक / पोखरामा शुक्रबार देखी शुरु हुने पोखरा प्रिमियर लिग (PPL)पोखरा प्रिमियर लिगको (PPL) खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा पोखरा र विराटनगर खेल्ने टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । ११ दिन सम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिका निर्देशक छुम्वी शेर्पाले जानकारी दिएको छ ।

उनले पीच, मैदान, अफिसियल र अन्य सबै आवश्यक तयारी पुरा भएको बताए । उनले विजेताले २७ लाख र उपविजेताले १० लाख ट्रफि र मेडल पाउने उनले बताए । प्रतियोगितामा म्यान अफ दि सिरिज, उत्कृष्ठ व्याट्सम्यान र उत्कृष्ठ बलरलाई भीजी अटोमोवाईल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सिसीको मोटरसाईकल प्रदान गरिने उनले बताए ।

उद्घाटन खेलका लािग पोखरा पल्टनले विराटनगर टाईटनसँग टसको प्रतिक्षामा छन् । घरेलु मैदानमा पोखरा पल्टनले जितको लक्ष्यसहित मैदानमा उत्रिने छ । विराटनगर टाईटन पनि पोखरालाई घरेलु मैदानमै पराजित गरेर पोखरा प्रिमियर लिगको सुखद शुरुवात गर्ने योजनामा छ । युवापुस्ता र अनुभवी खेलाडीको समिश्रण पोखरा पल्टनमा छ । विराटनगरमा युवा खेलाडीले भरिएको छ ।

विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने र पोखरा पल्टनका मार्की शरद भेषवाकर

दुवैले शुक्रबारको प्रतिक्षामा रहेका छन् । विराटनगरका मार्की खेलाडी लामिछानेले विदेशी खेलाडीको लागि आवश्यक भिषा प्रक्रियामा समस्याले ढिलाई भए पनि युवा खेलाडीहरुले भरिएका कारण राम्रो प्रर्दशन गर्ने बताए ।

विराटनगरबाट दिपेश श्रेष्ठ, साहब आलम, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापा, प्रदीप ऐरी, राजु रिजाल, जितेन्द्र ठकुरी, सुनिल धमला, रविन जोशी र हिमांशु दत्त छन् । दुई विदेशी खेलाडी र दुई घरेलु खेलाडीको नाम सार्वजनिक भने भईसकेको छैन । पोखरा पल्टनले पनि घरेलु मैदानमा नयाँ जोश र उत्साहका साथ मैदान उत्रने तयारीमा छ । पोखरा पल्टनका टिम क्याप्टेन शरद भेषवाकरले युवा र अनुभवी खेलाडी समिश्रण भएका कारण राम्रो प्रर्दशन गर्ने सुनाए ।

पोखरा पल्टनमा रोहितकुमार पौडेल, विनोद भण्डारी, ललितनाथ राजवंशी, रसिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, विक्रम भुषाल, मेहबुव आलम, मोहम्मद आसिफ शेख, दिब्यांशु मल्लिक र इशान पाण्डे छन् । दुई घरेलु खेलाडीमा दिपेश खत्री र सुमन घिमिरेको सम्भावना बढी छ । विदेशी खेलाडीमा रविसिंह मेहेरा(भारतीय) रहेका छन् ।

पल्टनका प्रशिक्षक विनोद दासले

मैदान र पीच नयाँ भएकोले कस्तो हुन्छ भन्ने नै यकिन नभएको स्पष्ट पारे । ‘पीच नयाँ बनेको छ । आउटफिल्ड देखिदाँ राम्रो छ । यद्यपी मैदानको बारेमा दुवै टिम अनभिज्ञ नै छौं ।’ उनले सुनाए । उनले चार दिन देखी पोखरा मै प्रशिक्षण गरेका कारण उत्कृष्ट प्रर्दशन गर्ने बताए ।

विराटनगर टाईटनका प्रशिक्षक महेशप्रसाद रिजालले पनि दुई दशक अघि पोखरा आउँदाको अवस्था भन्दा अहिले समय जसरी कायापलट भएको छ त्यसरी नै मैदान पनि उत्कृष्ठ देखिएको बताए । ‘मैदान धेरै राम्रो छ । पीच पनि राम्रो छ ।’ उनले भने–‘ काठमाडौमा प्रशिक्षण पछि पोखरामा आएका छौ । तयारी राम्रो रहेको बताए ।

प्रतियोगितामा प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबांट –एक्स्टेप, सुविसु आदि)ले ५ हजार बरबारको गिफेट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ । पोखरा प्रिमियर लिगको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद १५ हजार ५ सय रुपैयाँ प्रदान गरिने निर्देक शेर्पाले बताए ।

कमेन्टहरु
Loading...