सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधिका एपिएफलाई

पोखरा, ५ माघ /स्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउदै उपाधि रक्षा गरेको छ । एपिएफले २५–८, १८–२५ र २५–१७ र २५–१७ को सेटमा पराजित गर्दै नगद ३ लाख ५० हजार रुपैयाँ सहित, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।

दोस्रो भएको नेपाल प्रहरीले १ लाख ७५ हजार रुपैया सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरे । एपिएफले यस अघि लिबलाङमा भएको प्रथम सभामुख कप राष्ट्रिय महिला भलिबलकोे फाइनलमा पुलिसलाई नै हराएको थियो । एपिएफ क्लबको यो वर्षका सातौं उपाधी हो । नेपालमा भएका आठ वटा राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफले सात वटा जितेको छ ।

शनिवार नै तेस्रो स्थानको लागि भएको खेलमा प्रदेश नं. ३ ले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउदै नगद एक लाख रुपैयाँ हात पार्न सफल भयो । प्रदेश ३ ले गण्डकीलाई २५–१४,२१–२५,२५–१४ र २५–१७ ले पराजित गरेको हो । सान्तोना भएको गण्डकी प्रदेश ५० हजारमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि एपिएफकी सरस्वती चौधरी घोषित भइन् । उनले नगद १० हजार प्राप्त गरिन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्लकर एपिएफकी लिला केसी, उत्कृष्ट स्पाइकर प्रदेश ३ की प्रतिभा माली, उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाही, उत्कृष्ट सेटर पुलिसकी कमला पुन, उत्कृष्ट लिब्रो पुलिसकी शान्ति तामाङ र उत्कृष्ट प्रशिक्षक एफिएफका ज्ञानेन्द्र विष्ट घोषित हुदैँ पाँच पाँच हजार रुपैया प्राप्त गरे ।

कमेन्टहरु
Loading...