पोखरामा पर्यटन बसपार्क निमार्णका लागि ३ दिनभित्र टेन्डर हुने

पोखरा, ८ पुष/ पोखरा ७ मा रहेको पर्यटन बसपार्क निमार्ण हुने भएको छ । र्यटन विभागले पर्यटन बसपार्क बन्न लागेको हो । ३ दिनभित्र टेन्डर आह्वान हुने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।

पोखरा पर्यटन परिषदले आइतबार आयोजना गरेको अन्तरक्रियामा मन्त्री अधिकारीले ६ करोड १० लाख रूपैयाँमा पोखरामा पर्यटन बसपार्क बन्ने टेन्डर हुने बताए । उनले बसपार्क निमार्णका लागि पोखरा महानगरपालिका सगँ जग्गा लिइ सकेको बताए ।

कमेन्टहरु
Loading...