पोखरा पर्यटन परिषद्को आयोजनमा रोपाई महोत्सव

पोखरा, ९ असार/पोखरा पर्यटन परिषदले अघिल्ला वर्षहरुमा जस्तै बर्ष पनि पोखरामा रोपाई महोत्सवको आयोजना गर्ने भएको छ । १६ औं सस्करणको रोपाई महोत्सव पोखरा १७ महतगौडामा आयोजना गर्न लागेको आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

किसानलाई प्रोत्साहन र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले रोपाई महोत्सव गर्न लागेकोपोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जीवि पोखरेलले जानकारी दिए । स्थानीय ऋषिराम भण्डारीको ४ रोपनीको क्षेत्रफलमा चार हल गोरु नारेर रोपाई महोत्सवको तयारी गरेको पोखरेलले जानकारी दिए ।

उनले महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरुको सहभागीता जनाउने बताए । रापाई महोत्सवमा सहभागी हुनका लागि अमेरीका, बेलायत लगाएतका देशबाट विदेशी आउने गरेको उनको भनाई छ ।

रापाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड प्रतियोगिता स्वदेशी तथा विदेशीसँगै स्थानीय एवं कास्की जिल्लामा उत्कृष्ट किसानलाई सम्मान गर्ने लगायतका विविध कार्यक्रम गरिने पोखरा पर्यटन परिषद्का महासचिब दिल गौतमले जानकारी दिए ।

साउने प्रतियोगिता र असारे गीत प्रतियोगितालाई नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्रदान गरिने छ । परिषदले पोखरा सबै मौसमका लागि भन्दै १६ वर्ष अघि शुरु गरेको रोपाई महोत्सव पोखराका फरक फरक फाँटहरुमा आयोजना गर्दै आएको छ ।

परिषदलस शुरु गरेको रोपाई महोत्सव पछिल्लो समय स्थानीय संघसंस्था तथा क्लबहरुले पनि असारे १५ मा धान महोत्सव एवं मेलाको रुपमा आयोजना गर्दै आएका छन् ।

कमेन्टहरु
Loading...