पोखरालाई जितका लागि चितवनले दियो १६१ रनको लक्ष्य

पोखरा, २० कात्तिक / पोखरा प्रिमियर लिग (पिपिएल) को फाइनलमा चितवन राइनोजले पोखरा पल्टनलाई जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेका छन् ।

पोखरा रंगशालामा जारी खेलमा पोखरा पल्टनलाई चितवन राइनोजले १ सय ६० रन बनाउदै १६१ रनका लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाउन सफल भयो ।

चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय पार गरे । उनले ३७ बलमा ९ छक्का प्रहार गर्दै ५१ रन बनाए । यस्तै सन्नी पटेलले २१ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४३ रन बनाए । अनिल कुमार शाह ३७ रन, आरिफ शेख १४ रन बनाए ।

पोखराका लागि कृष्ण कार्कीले २, ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १ १ विकेट लिए । लिग चरणका खेलमा चितवनले पोखरालाई १४१ रनको लक्ष्य दिएको थियो भने पोखराले जितेको थियो । व्याटिङमा रहेको पोखराले यो समाचार तयार पार्दा ६ ओभरमा एक विकेट गुमाएर ४१ रन बनाएको छ ।

कमेन्टहरु
Loading...