पोखरा प्रिमियर लिगका लागि पोखरा पल्टनको पोखरामा प्रशिक्षणमा

पोखरा, ५ कात्तिक/ पोखरा रंगशालामा कात्तिक ९ गते देखी शुरु हुने पोखरा प्रिमियर लिगको (PPL) लागि घरेलु टोली पोखरा पल्टनले बन्द प्रशिक्षण शुरु गरेको छ । रंगशाला भित्रकै क्रिकेट मैदानमा टोलीले प्रशिक्षण शुरु गरेको हो । उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर सँग खेल्ने छ । पोखरा पल्टनका कप्तान शरद भेषवाकर सहित टोली आइतबार पोखरा आईपुगेको थियो ।

६ फ्रेन्चाईज टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । ‘टिम राम्रो छ । टिमवर्क छ । विदेशी खेलाडी आउँदै छन् ।’ प्रशिक्षण पछि कप्तान शरद भेषवाकरले बताए । पोखराको मैदानमा पाँच वर्ष पछि खेल्न लागेका उनले टिममा सबै खेलाडी उत्कृष्ट रहेको बताए ।

पोखरा पल्टनले दुई घरेलु (स्थानीय) खेलाडी लिने छ । त्यसको लागि सोमबार चारजना खेलाडी प्रशिक्षणमा उत्रिए । उत्रिएका चारजनाबाट दुई खेलाडीलाई टिममा समावेश गरिने छ । घरेलु खेलाडीमा दिपेश खत्री, अमृत गुरुङ, सुमन घिमिरे र मेखबहादुर सेन थापा छन् । खत्री पुर्व राष्ट्रिय खेलाडी हुन् ।

थापा यु–१६ राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गरेर थाईल्याण्डमा खेल्दै उपाधि जितेर फर्किएका खेलाडी हुन् । उनी विशेष गरी बलर हुन् । गुरुङ पनि घरेलु टोलीका लागि अनुभवी खेलाडी हुन् । उनीहरुबाटै दुईजना खेलाडीलाई टिममा समावेश गर्ने पोखरा पल्टनका सहायक प्रशिक्षक रिजन प्रजुले बताए ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजना हुने प्रतियोगितमा सहायक प्रशिक्षक प्रजुले पोखरामा आयोजित यो प्रतियोगिताले क्रिकेट एकेडेमीको लागि एक्पोजरको मौका मिल्ने बताए । पोखरा पल्टनले १२ जना खेलाडी किनेको छ । पोखरा पल्टनबाट राष्ट्रिय टिमका सरद भेषवाकर, मेहबुब आलम, रोहित पौडेल, कुसल भुर्तेल लगाएतका खेलाडी मैदान उत्रिने तयारीमा प्रशिक्षणमा छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले पोखरा प्रिमियर लिगलाई मान्यता दिएको छ । पोखरा प्रिमियर लिगअघि नै एभरेस्ट प्रिमियर लिगको पहिलो संस्करण र धनगढी प्रिमियर लिगको दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

#पोखरा प्रिमिय लिगको तयारी यस्तो #ppl #pokhara premier league

पोखरा प्रिमिय लिगको तयारी यस्तो

Posted by Ganthan.com on Monday, October 22, 2018

 

कमेन्टहरु
Loading...