पोखरामा कर सप्ताह सुरु

पोखरा, १ मंसिर/आन्तरिक राजश्व कार्यालयको आयोजनामा पोखरामा छैटो राष्ट्रिय कर सप्ताह दिवस सुरु भएको छ । कर दिवस तथा कर सप्ताहको अबसरमा पोखरामा प्रभातफेरी निकालेको छ । कर सप्ताह अन्तरगत गण्डकी र धौलागिरीका उत्कृष्ट करदातालाई सम्मान गर्ने, कर प्रशासन, कर सचेतना तथा सहभागिता तथा सञ्चालनमा सहयोग पुर्याउन कार्यक्रम गर्ने छ ।

प्रभातफेरीमा सहभागिले कर तिरौ आत्मसम्मानको अनुभूति गरौ, गौरबको साथ तिरौ कर, संबृद्ध राष्ट्र हाम्रो रहर लेखिएका प्ले कार्ड र ब्यानर बोकेका थिए । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारनाथ अधिकारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व पालिखे लगाएतले शुभकामना दिएका थिए ।

२०७४÷७५ चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा २ अर्व ४४ करोड ३७ लाख संकलन गरेको छ । यो आर्थिक वर्षमा पोखरा कार्यालयले ८ अर्व ६३ करोड ८३ लाख राजश्व संकलनको लक्ष्य राखेको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशबकुमार उपे्रतीले बताए । कार्यालयले आर्थिक बर्ष २०७३÷७४ मा ६ अर्व ९६ करोड ६८ लाख राजश्व संकलन गरेको थियो ।

गण्डकी र धौलागिरीका १० जिल्लामा १ लाख १७ हजार ९ सय २९ करदाता छन् । ब्यवसायीक प्यानमा दर्ता भएका ७१ हजार ८ सय ६२ छन् भने ब्यक्तिगत प्यानमा दर्ता भएका ४६ हजार ६१ जना छन् । त्यसमध्ये भ्याटमा दर्ता भएका १० हजार ८ सय २३ र इक्साइ करदाता ६ हजार ६ सय ६९ रहेका छन् ।

कमेन्टहरु
Loading...