पोखरामा बेलुन नेपालको व्यवसायीक उडान शुरु

सागर राज तिमिल्सिना
पोखरा, १ मंसिर / पोखरा आउने पर्यटकले थप मनोरञ्जन पाउने भएका छन् । बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुनमा उडेर पोखरा, फेवाताल र हिमालका मनोरम दृश्यावलोकन गर्न पाइने व्यवस्था मिलाएको छ ।

शनिबार देखी प्रालिले बेलुनमा उडेर मनोरञ्जन लिन पाउने गरि सञ्चालनमा ल्याएको बेलुन नेपाल प्रालिका प्रबन्ध निदेशक प्रविण महर्जनले जानकारी दिए । उनले दुईवटा बेलुनबाट सेवा सुरु गर्ने बताए । उनले एउटा बेलुनमा आठ जनाले उडान भर्न सक्ने बताए ।

कास्कीको धम्पुस र पोखरा महानगरपालिका २३ बाम्दीबाट उडान गर्ने उनले जानकारी दिए । धम्पुसबाट उडेको बेलुन मर्दी खोला किनारमा अवतरण गर्ने छ ।
उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ । बेलुनका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइटल आएको उनले बताए ।

प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिने बताए ।
बेलुनमा चढेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

उद्घाटन पछि गुरुङले गण्डकी प्रदेशले २० लाख पर्यटक भित्राउन लक्ष्यका साथ आगडी बढेको भन्दै नयाँ नयाँ थपिने क्रियाकलापले पोखराको प्रचार प्रसार गर्न टेवापुग्ने बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई गरेको मर्हजनले बताए । उनले निकष्ट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम गर्दै जाने बताए ।

१ करोड ५० लाखको लागतमा शुरु भएको बेलुन सगँ २५ जनाले रोजगारी पाएका छन् ।

पाेखरामा हट बेलुन

Posted by Ganthan.com on Friday, November 16, 2018

कमेन्टहरु
Loading...