पोखरा फुटबल स्टेडियम समय मै बनाउन सदस्य सचिवको निर्देशन

पोखरा, २७ असार/ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखराको फुटबल स्टेडियम निर्माण आगामी कार्तिक १५ गतेसम्म सकेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले शुक्रबार निर्माणाधिन प्यारापिटसहितको फुटबल मैदान निरिक्षण गर्दै निर्माण कम्पनीलाई राष्ट्रिय गौरवको योजनालाई ढिला नगरी कार्तिक १५ सम्ममा तयार पार्न निर्देशन दिए ।

‘कार्तिक १५ गतेसम्मको मिति दिन्छु । त्यो दिनसम्म काम सम्पन्न गर्नुहोस । यो राष्ट्रिय गौरवको योजना हो त्यसैले ढिला गर्नुहुदैन् ।’ सदस्य सचिव सिलवालले भने–‘पेमेन्टले रोकिदैन् । कहाँ अडकियो त्यो भन्नोस ।’ उनले ट्रयाक एण्ड फिल्डको कामपछि तत्कालै मैदानमा दुवो रोप्न सुझाव दिए । ‘प्राकृतिक मैदान बनाउनुपर्छ ।

हरियाली ठाँउमा कृत्रिम मैदान बनाउने होईन् ।’ उनले भने–‘आर्टिफियलमा जानु हुदैन् । नेचुरल नै बनाउनुपर्छ । यो मेरो व्यक्तिगत विचार हो । सम्झौतामा कसरी भएको छ त्यो हेर्नुपर्छ ।’ उनले तोकिएकै समयसीमा भित्र पुर्वाधार तयार नभएको अवस्थामा साग नहुने दावी गरे । ‘पुर्वाधार निर्माण समय सक्ने गरी कमिटमेन्ट भएन भने साग हुदैन् ।’ उनको भनाई थियो ।

उनले राष्ट्रिय गौरवको आयोजनामा गरिने ढिलाई बदनाम कमाउन नहुने भन्दै निर्माण कम्पनी पप्पु कन्ट्रक्सन जस्तो हुने कि नहुने भन्ने योजना फाईनलले देखाउने प्रष्ट पारे । ‘समयमै काम सकिएन भने मैले सकिन भनेर राजीनामा दिन तयार छु । अर्कोलाई ल्याएर जिम्मेवारी सुम्पिनोस भन्छु ।’ उनको भनाई थियो । सदस्य सचिव सिलवालले पोखरामै अर्को वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पुर्वाधारको लागि काम शुरु गरिने स्पष्ट पारे ।

प्यारापिटसहित ट्रयाक एण्ड फिल्ड बनाउन आवश्यक डिजाईन फाईनल नहुदाँ काममा ढिलाई हुदैं गएको छ । ‘पहिला डिजाईन फाईनल गर्नोस ।’ सदस्य सचिव सिलवालले भने–‘डिजाईन फाईनल नहुदाँ काम समयमै सकिन्छ भन्ने विश्वास स्थानीयले गरेका छैनन् ।’ फाईनल डिजाईनको लागि साउन १ गते निर्माण कम्पनी, कन्सल्टेण्ट तथा राखेपका पदाधिकारी र इन्जिनियरको संयुक्त बैठकले टुग्याउने निर्णय समेत गरिएको छ ।

पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग सम्झौता गरिएको हो । कम्पनीका प्रोजेक्ट प्रबन्धक हरिबावु न्यौपानेका अनुसार केही अप्ठ्यारालाई समाधान गरिदिए समयमै काम सकिन्छ । ‘निर्णय गर्ने पाटोबाट हुने ढिलाईले काम गर्न हामीलाई अप्सट्याकल्सहरु छन् । त्यो छिटो निर्णय भईदिए सहज हुने थियो ।’ प्रोजेक्ट प्रबन्धक न्यौपानले भने–‘निर्णय हुन्छ भन्ने आशावादी छौं । काम गर्न आएका हौं, सकेर जाँउ भन्ने हो ।’

न्यौपानेले रंगशालाको ट्रयाकको लागि आवश्यक सामान जर्मनबाट नेपालको लागि कन्टेनरमा लोड हुने अवस्थामा रहेको जानकारी दिए । ‘कन्टेनरमा लोड हुदैं छ । लोड भएपछि ४५ दिनभित्रमा फिल्डमा आईपुग्छ ।’ उनको भनाई थियो । सिन्थेटिक ट्रयाक जर्मनबाट र प्यारापिटको सामान भने फ्रान्सबाट आउने छ । ‘हामीले स्टिल फाउण्डेशन गरिदिनोस भन्ने हो ।’ उनले भने–‘आईसोलेटेट फाउण्डेशन बनाउने परिषदको योजना हो ।’

राष्ट्रिय खेलकुद परिषदले भने फुटबल स्टेडियमको लागि आवश्यक बजेटमध्ये ५३ करोड समेत विनियोजन गरेको हो । नयाँ आर्थिक वर्षको लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । आह्वान गरिएको टेण्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्रयाक बनाउन कम्पनीको अनुभव पत्र समेत माग गरिएको थियो ।

मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । फुटबल मैदानको लागि एक अर्ब २८ करोड रुपैयाको लागत अनुमान गरिएको छ । ठेक्का डिजाईन एण्ड विल्ड अनुसार गरिएको हो ।

कमेन्टहरु
Loading...