पोखरा फुटबल मैदानमा दुबो विछ्याउने काम ६१ प्रतिशत

पोखरा, ६ कार्तिक / तेस्रो चरणको दुबो(चपरी) पोखरा रंगशाला भित्रिएपछि निर्माणाधिन फुटबल मैदान हरियाली बन्न अझै हप्ता दिनमा पुरा हुने छ । एकसातापछि फुटबल मैदानमा चपरी विछ्याएपछि मैदानको काम लगभग टुंगिने छ ।

यद्यपी पुरानो दुबो मरेको ठाँउमा नयाँ हाल्नुपर्ने छ । त्यसको लागि कोलकत्ताबाट आएका प्राविधिकले दुबो संरक्षण र सम्बद्र्धनमा विशेष ध्यान दिदैं आएका छन् । तेस्रो चरणमा मंगलबार १७ हजार स्क्वायर फिट बराबरको दुबो आईपुगेको छ । आईपुगेको दुबो विछ्याउने काम भईसकेको छ । दुबोसँगै प्यारापिट जडानको लागि आवश्यक फाउण्डेशनको काम पुरा भईसकेको छ । पहिलो चरणमा १० हजार सिट जडान गरिने छ ।

‘मैदानको दुबो ६१ प्रतिशत विछ्याईसकिएको छ ।’ पोखरा रंगशाला फुटबल मैदान निर्माण कम्पनी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजरको रुपमा रहेको दिपक बरालले भने–‘बाँकी दुबो बढीमा चारदिनभित्रमा आईपुग्छ । तिहार अघि नै दुबो रोपेर सक्ने छौं ।’ उनका अनुसार नउम्रिएको ठाँउमा अर्को दुबो(चपरी) राखिने छ । कोलकत्ताबाटै आएका प्राविधिकले माटो हाल्दै दुबोको लागि आवश्यक उपचार(ट्रिटमेन्ट) गरिरहेका छन् ।

तीन पटक गरी ५२ हजार स्क्वायर फिट दुबो विछ्याईसकिएको छ ।अब दुई ट्रिप झण्डै ३५ हजार स्क्वायर फिट दुबो आउँदै छ । उनका अनुसार दुबो विरगन्ज भन्सारमा बुधबार आईपुग्ने छ । बुधबार भन्सार क्लियर भई पोखराको लागि छुट्ने सम्भावना रहेको जनाए । ‘दुबो आएपछि मैदानको स्वरुप देखिने छ ।’ उनले भने–‘एक महिनामा मैदान उत्कृष्ट बन्ने छ ।’

मैदानको दुबोयुक्त चपरीको लागि भन्सारमा केही दिन थन्किदाँ दुबो पहेंलो हुदैं डढ्दै गएको छ । डढ्दै गएको दुबोको उपचारसहित प्राविधिकले मैदानले नियमित निरिक्षण गरिरहेका छन् । उनीहरुले दुबोको अवस्था हेर्दै नसरेको ठाँउमा नयाँ चपरी विछ्याउने छन् । मैदानसँगै ट्रयाकको लागि अस्फाल्ट कालोपत्रे गरिदैं छ । कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ । कालोपत्रेसँगै ट्रयाकमा सिन्थेटिक राख्ने काम शुरु हुने छ ।

सिन्थेटिक ट्रयाकको लागि आवश्यक सामान ग्रानुयल्स रबर दाना पोखरा रंगशालामा झरिसकेको छ । रबर दानालाई केमिकल प्रयोग गर्दै ट्रयाकमा हालिने कम्पनीले जनाएको छ । जर्मनबाट ट्रयाकको रबर(रातो रंग)को समेत पोखरा झरिसकेको छ । त्यसपछि ट्रयाकलाई फाईनल टच दिने योजना कम्पनीले बनाएको छ ।

कम्पनीले फुटबल मैदानको निर्माण कार्य गत गत फागुन २६ गतेदेखि मैदान निर्माण शुरु गरिएको हो । कम्पनीका प्रोजेक्ट मेनेजर बरालका अनुसार अबको एकसाता पछि २८ तारिखमा प्यारापिटका सामान भारतको विशाखापट्टन बन्दरगाहमा आईपुग्ने छ । नोभेम्बरको पहिलो साता सिटको सामान पोखरा आईपुग्ने छ ।

१५ दिनभित्रमा सिटलाई जोडिसक्ने योजना कम्पनीको छ । ’ १६ हजार ५ सयबाट बढेर २० हजार गरी भीआईपी र दर्शक सिट क्षमताको प्यारापिट हुने छ । १ अर्ब २८ करोडको लागतमा निर्माणाधिन फुटबल मैदान कार्तिक १५ भित्रमा सक्ने बोर्डनलाईन तय गरिएको छ । मैदान तयार हुदाँ अन्य प्यारापिट र भिआईपी र चेन्जिङ रुम भने पूर्णरुपमा तयार हुने सम्भावना देखिदैन् । सम्झौताको आधा संख्यामा प्यारापिट जडान हुने छ ।

कमेन्टहरु
Loading...