अमरसिंहचौरमा पोखरा महोत्सव शुरु (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, २९ पुस/युनाईटेड क्लबले पोखरामा आयोजना मंगलबार देखि चौथौ पोखरा महोत्सवको शुरु भएको छ । पोखराको अमरसिंह नमुना उच्च माविको खेल मैदानमा शुरु भएको महोत्सव माघ ८ गतेसम्म चल्ने छ। शिक्षा, वास्थ्य, खेलकुद र पर्यटन प्रबद्र्वनको उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवको आकर्षणमा विविध मनोरञ्जनात्मक कार्यक्रम , पोखरा तारा गायन प्रतियोगिता, दोहोरी, बाल उद्यान, अष्ट्रिज प्रदर्शन, लाइभ पप कन्सर्ट, पुष्पमेला, अटो मेला, पर्यटकीय स्थलको जानकारी, झाँकी प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी र विक्री रहेका छन् ।

पोखरा महोत्सव शुरु भिडियो सहित
पोखरा महोत्सव शुरु भिडियो सहित

महोत्सव सम्पन्न गर्न ४७ लाख ३६ हजार खर्च लाग्ने र ६३ लाख ६३ हजार आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवमा विभिन्न उत्पादनका दुई सय वटा स्टल रहेका छन् । महोत्सवको मंगलबार नै सभासद् गगन थापा, सभासद् रविन्द्र अधिकरी सभासद् गणेश पुन र सभासद् सारदा पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा सभासद् गगन थापा एक वर्ष भित्रमा नेपाली जनताले चाहेको र कसैले नहार्ने संविधान जारी गर्नु पर्ने बताए । दलका शिर्षनेताहरु अजै पनि खिचातानीमा लागेर संविधान नआउने हो कि भन्ने आशंका पैदा भएको छ उनले भने– समयमा नै संविधान बनाउनका लागि हामीहरुले खवरदारी गर्ने छौ । उनले क्लवले चिडाखानाको प्रस्ताव ल्याएर राम्रो कामको थालनी गरेको बताउदै वन्यजन्तुलाई प्राकितिक अवस्थामा नै रमाउने खालको चिडियाखान बनाउन सुझाव दिए। उनले क्लवको कामले उत्साह थपेको बताउदै यो उत्साहलाई आफूहरुले सिरोपर गर्ने बताए ।

काठमाण्डौको अवस्था देखेर आफूलाइै दिक्क लागेको बताउदै उनले पोखरालाई काठमाण्डौ जस्तो नबनाउन आग्रह गरे । अर्का सभासद् रविन्द्र अधिकारीले ०६२÷०६३ को जनादेशमा टेकेर नै संविधान बन्ने ठोकुवा गरे । हामीहरुलाई संविधान सभामा पठाइएको जनताको संविधान बनाउनु भनेर हो उनले भने–हामीहरुले जनतलाई आकाँक्षालाई खेलवालड नगरि संविधान बनाउन तर्फ लाग्ने छौ ।

उनले पोखरामा चिडियाखानको आवश्यकता रहेको बताउदै क्लवले शुरुवात गरेको काममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । अर्का सभासद् गणेशमान पुनले युवाहरु मिलेर देश विकासमा लाग्नु पर्दछ भन्ने सन्देश महोत्सवले दिएको बताए । पोखरा चिडियाखान निर्माण गर्न सकेमा पर्यटकको वसाई समेत लव्याउन सकिने बताउदै यसको लागि सवैले पहल गर्नु पर्ने बताए ।

भिडियो

कमेन्टहरु
Loading...