मनकामना पोखरा कप फुटबल प्रतियोगिता माघ तेस्रो साता

पोखरा, १७ पुस/दुई वर्षदेखी रोकीएको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता माघको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ १५ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

प्रतियोगितामा ३ विदेशी टिम ८ वटा ए डिजिन क्बल र आयोजक सहित १२ टिमको सहभागिता रहने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले जानकारी दिए । प्रतियोगितामा जापान, बंगलादेश र क्याम्रुङको टिम सहभागीले सहभागीता जनाउने उनको भनाई छ । प्रतियोगिताको बिजेताले ७ लाख ५५ हजार रुपैयाँ पाउने छने भने उपबिजेताले ४ लाख ५ हजार सहित कप, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मोटर साइकल र उत्कृष्ट कोच, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वाड, उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैया सहित ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड १७ लाख खर्च लाग्ने एन्फा कास्कीले अनुमान गरेको छ । प्रतियोगिताबाट १ करोड २८ लाख संकलन गरेर साढे ११ लाख बचत गर्ने लक्ष्य रहेको छ । अहिले प्रतियोगीता सञ्चालन गर्नका लागि मैदान तयार गरिरहेको उनले बताए ।

प्रतियोगिताको अवसरमा फुटबल खेलमा योगदान दिने एक जनालाई खेलाडी सम्मान गर्दै एक थान मोटरसाइकल प्रदान गरिने उनले बताए । त्यसै गरि वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार, वर्ष उत्कृष्ट फुटबल क्लबलाई पुरस्कृत गर्ने पनि आयोजकको भनाई छ ।

कमेन्टहरु
Loading...