पोखरा महानगरको बजेट ४ अर्ब ३ करोड, मेट्रो रेल देखि अन्तराष्ट्रिय सहर बनाउने योजना

सागर राज तिमिल्सिना
पोखरा, २९ असार/पोखरा लेखनाथ महानगर पालिकाको पहिलो नगरसभाले आथिएक वर्ष २०७४०७५ का लागि ४ अर्व ३ करोड ८५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम मार्फत सरकारी अनुदान अनुदान २ अर्व ३१ करोड ९२ लाख र सशर्त अनुदान २५ करोड ५० लाख गरी कुल २ अर्व ५७ करोड र अन्तरीक सहित ४ अर्व ३ करोडको बजेट प्रस्तुत गरे ।

त्यसै गरि कर तथा राजश्वबाट १ अर्व ३८ करोड, राजश्व बाडफाडबाट ३ करोड, अन्य आयबाट ५ करोड गरी १ अर्व ४६ करोड ४० लाख आन्तरिक स्रोतबाट उठाउने लक्ष्य रहेको छ । जुन कुल बजेटको ४०.७१ प्रतिशत हुन आउछ ।

जिसीले सबै भन्दा बढि रकम सामाजिक सुरक्षा भत्ता ४७ करोड ५ लाख विनियोजन गरेका छन् । कोष व्यबस्थापन तर्फ १५ करोड ५० लाख, पूर्वाधार विकाश क्षेत्र तर्फ १ अर्ब ३६ करोड ५३ लाख, वातावरण तथा विपद व्यबस्थापन क्षेत्र तर्फ १३ करोड ६५ लाख, सामाजिक विकाश क्षेत्र तर्फ १५ करोड १० लाख, आर्थिक विकाश क्षेत्र तर्फ २ करोड ३० लाख, वित्तिय व्यबस्थापन तथा सुशासन क्षेत्र तर्फ करोड १० लाख रहेको छ ।

सस्थागत विकाश तथा सेवा प्रबाह क्षेत्र तर्फ १ करोड २५ लाख, शसर्त अनुदान ७८ करोड ३९ लाख, लागत सहभागिता १५ करोड, फोहोर मैला ब्यवस्थापन ९ करोड, प्रशाशनिक खर्च ३० करोड ८४ लाख, वडागत बजेट विनियोजन ३५ करोड १० लाख रहेको छ ।

पोखरा महानगरको बजेट ४ अर्ब ३ करोड, मेट्रो रेल देखि अन्तराष्ट्रिय सहर बनाउने योजना
पोखरा महानगरको बजेट ४ अर्ब ३ करोड, मेट्रो रेल देखि अन्तराष्ट्रिय सहर बनाउने योजना

बजेट मार्फत पोखराभित्र मेट्रो रेल सञ्चालनको सम्भाब्यता अध्ययन गरिनुका साथै पोखरा लुम्बिनी फास्ट ट्याकको सम्भाव्यता अध्ययन गर्ने, १५ बर्ष भित्र महानगरलाई अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार सहित सुविधा सम्पन्न सहरका रूपमा विकास गर्ने, सुखी, खुसी, सभ्य र समृद्ध नागरिकहरूको सहर बनाउने उद्घोष छ । त्यस्तै, पार्किङ व्यवस्थालाई प्रभावकारी बनाई महानगरभित्र सम्वन्धित निकाय सँगको समन्वयमा आवश्यक ठाँउमा सि.सि.क्यामरा जडान गरी ट्राफिक बत्ती समेतको व्यवस्था गरिने उल्लेख छ ।

त्यसै गरि सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न सरकारले लगाएको अंकुशको बेवास्ता गर्दै महानगरले सरकारले दिने सामाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्धहरुलाई दिने बृद्धभत्तामा महानगरले १० प्रतिशत थपेर घरमै गएर प्रदान गर्ने बताएको छ ।

रूपाताल र बेगनासतालको संम्भाव्यता अध्यययन गरी सुन्दरी डाँडामा तालको पानी लिफ्ट गरेर जलविद्युत उत्पादन र विक्री वितरण गरी उक्त स्थानलाई पर्यटन क्षेत्रको रूपमा विकास गरी महानगरको आयस्रोतमा वृद्धि र रोजगार प्रवद्र्धन गरिने महानगरको योजना रहेको उल्लेख छ । सेती नदी र मादी नदीको जल प्रवाह गरी फेवाताल र बेगनास ताललाई जलमार्गबाट जोड्न संभाव्यता अध्ययन गरिने पनि बजेटमा समावेश छ ।

कमेन्टहरु
Loading...