पोखरा विश्वविद्यालयले जलवायु परिवर्तनलाई पाठ्यक्रममा राख्ने

पोखरा, १३ माघ /पोखरा विश्वविद्यालयले जलवायु परिवर्तन सम्बन्धी विषयलाई पहिलो पटक पाठ्यक्रममा समावेश गर्ने भएको छ । जलवायु परिवर्तनको समस्यालाई समाधान गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्न लागिएको पोखरा विश्वविद्यालयले जानकारी दिएको छ ।

‘जलवायु परिवर्तनको समस्या सबैले भोगेका हौँ, यो के कारणले सुरु भयो । यसका असरहरू के(के हुन सक्छन् र यसबाट बच्नका लागि वा त्यस्ता समस्याहरू न्यूनीकरण गर्न हाम्रो तयारी के कस्तो हुनुपर्छ भन्ने विषयमा विद्यार्थीलाई सचेत गराउन पाठ्यक्रममा समाबेस गर्न लागेको हो ।

विश्वविद्यालयलले यसै शैक्षिक शत्रदेखि व्यवस्थापन, समाजशास्त्र, वातावरण व्यवस्थापन र अङ्ग्रेजीमा एमफिल पिएचडी कार्यक्रम पनि सुरु गर्ने छ । जलवायु परिवर्तनसम्बन्धी विषयलाई पाठ्यक्रममा के कसरी समावेश गर्न सकिन्छ भन्नेबारे सरोकारवाला विज्ञहरूको सुझाव लिन पोखरा विश्वविद्यालयले विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजनाको सहयोगमा हालै एक गोष्ठीको समेत आयोजना गरेको थियो ।

कमेन्टहरु
Loading...