प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याएको बताएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बेरोजगार युवालाई न्युनतम रोजगारीको ग्यारेन्टी गर्ने भन्दै चालु आर्थिक वर्षमा नै यो कार्यक्रमको सुरुआत गरेको थियो ।

सरकारले बेरोजगारलाई कम्तिमा सय दिन काम दिन नसके वाषिर्क २५ हजार ८ सय ५० रुपैयाँ भत्ता दिन अघिल्लो बर्षको बजेटमा उल्लेख थियो ।

यो वर्ष मात्रै यस कार्यक्रमका लागि २ अर्बभन्दा बढी बजेट स्थानीय तहलाई अनुदानका रुपमा उपलब्ध गराइएको छ । जसमार्फत यसै वर्ष १ लाखभन्दा बढी युवालाई ६० दिन दिनको काम दिने सरकारी तयारी छ ।

कमेन्टहरु
Loading...