पोखराको घाँटीछिनादेखि पन्चासेमा केवलकार

बातावरणीय प्रभाव मूल्यांकन र विस्तृत परियोजना प्रतिवेदन हुदैं

पोखरा, ३ कात्तिक/ धार्मिक पर्यटकीय क्षेत्र पन्चासेमा केवलकार पुर्याउने योजना अगाडी बढि रहेको छ । स्याङजा, पर्वत र कास्कीको संगमस्थल पन्चासेमा केवलकार पुर्याउने योजना पन्चासे केबुलकार टुर्स कम्पनी र आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन कम्पनीले बनाएको हो । केवलकार निर्माण गर्न सर्भेसँगै बातावरणीय प्रभाव मूल्यांकन(इआईए)काम हुदैैंछ ।

केवलकार पोखरा महानगरपालिका २३ घाँटीछिनादेखि पन्चासेसम्म पुर्याईने छ । घाँटीछिनादेखि पन्चासेसम्मको दुरी ८ दशमलव ५ किलोमिटरको छ । ‘सर्भेसँगै ईआइएको काम भईरहेको छ ।’ कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भने–‘सर्भे सकिएपछि पुर्वाधारको काम शुरु गर्ने छौं ।’ उनले दुई महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने जानकारी दिए । बातावरणीय प्रभाव मूल्यांकनको रिपोर्ट पनि चारमहिनाभित्रमा फाईनल हुने उनको भनाई थियो ।

पन्चासेमा शिवरात्री र बालाचतुर्दर्शीको दिन विशेष मेला लाग्छ । तीन जिल्लाको संगमस्थल धार्मिक पर्यटकीय क्षेत्र पनि हो । होम स्टे समेत छ । पन्चासे भ्यु टावरसँगै पाँचवटा डाडाँ छ । ताल छ । ताल १ सय मिटर लम्बाई छ । तालमा परेको विरुवाको पात चराले टिपेर बाहिर फाल्छ भन्ने धार्मिक विश्वास छ । श्रवणकुमार दह छ । जुन स्याङजमा उर्लिने आँधीखोलाको मुहान हो । पन्चासे पुग्न कास्की, पर्वत र स्याङजाबाट मोटरबाटो हुदैं २ घण्टाको पैदल यात्रा गर्दै पुग्न सकिन्छ ।

‘१८ महिना भित्रमा हामीले सम्पूर्ण काम सकेर पुर्वाधार निर्माणको काम शुरु गर्छौ ।’ उनको भनाई थियो । ५ वर्षभित्रमा निर्माण पुरा गर्ने लक्ष्य छ । ८ सय ६५ मिटरको उचाईमा बेस स्टेशन राखिने छ । अर्को स्टेशन भने पन्चासे ताल नजिकै राखिने उनले बताए । पन्चासे लेक समद्री सतहदेखि २४ सय मिटर उचाईमा छ । हिउँदमा पन्चासेमा हिउँ समेत पर्छ ।

धार्मिक मान्यता अनुसार पन्चासे पञ्चधाम क्षेत्र हो । पञ्चधाम क्षेत्रमा पर्यटन प्रवद्र्धनसँगै ग्रामीण क्षेत्रको आर्थिक विकासको लािग केवलकार महत्वपूर्ण कडी हुने विश्वास छ । घाँटी छिनाको बेस स्टेशनदेखि पन्चासेको अर्को स्टेशनसम्म ८० वटा टावर(पोल) राखिने उनले बताए । ‘दैनिक क्षमता १० हजार सर्वसाधारणले ओसार्न सक्ने छ । तर पहिलो चरणमा केवल ५ हजार सर्वसाधारण एकैदिनमा ओहोरदोहोर गर्न सक्ने छन् ।’ उनले भने ।

पन्चासे क्षेत्रमा कम्पनीले ३ हजार रोपनी जग्गा भाडामा

लिएर विभिन्न पुर्वाधार तयार पार्ने जनाएको छ । उनले भौतिक पुर्वाधारको काम अगाडि बढेपछि सर्वसाधारणको लागि शेयर वितरण गर्ने जिकिर गरे । ‘हामी विदेशीको सहयोग विना केवलकार निर्माण पुरा गर्ने लक्ष्य राखेर काम गरिरहेका छौं ।’ उनले भने–‘त्यसको लागि कम्पनीले सर्वसाधारणको लागि शेयर खुलाउँछ । इच्छुकले शेयर खरीद गर्न सक्ने छन् ।’ कम्पनीले तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरमा समेत केवलकार निर्माण कार्यलाई अगाडि बढाएको छ । दुईमहिना अघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका हुन् ।

पन्चासे क्षेत्रको पर्वत तर्फ ३ हजार जग्गा भाडामा लिईने उनले सुनाए । ग्रामीण पर्यटन प्रवद्र्धन गर्न भाडामा लिइएको जग्गामा वाटर फन्ट, स्थानीय हस्तकला विक्री केन्द्र, हेरिटेज प्लाजा, रिसोर्ट, होम स्टे तथा युवापुस्ताको लागि प्रेम पार्क, फुट ट्रयाक निर्माण लगायतका पुर्वाधार निर्माण गरिने उनले जानकारी दिए । उनका अनुसार पन्चासे धामको मन्दिरलाई समेत मर्मतसम्भार गरिने छ । केवलकार निर्माणले पन्चासे क्षेत्रको विकास र संरक्षण हुने विश्वास स्थानीयले गरेका छन् ।

पन्चासे उक्लने कास्की तर्फको भन्ज्याङमा होमस्टे गर्न सकिन्छ । पर्वतको चित्रे पनि होम स्टेको लागि प्रख्यात छ । केवलकारसँगै आवश्यक पुर्वाधार निर्माणको लागि कम्पनीले ७ अर्ब रुपैयाँको अनुमान गरेको छ । उनले बेस स्टेशन र पन्चासे क्षेत्रमा स्टेशन बनाउन जमिन नबिग्रने गरी आवश्यक सामान हेलिकप्टर मार्फत लैजान जनाए । कास्कीमा योसँगै चारवटा केवलकारको परियोजना छन् ।

अन्नपूर्ण केवलकार(सेदी–सराङकोट) निर्माणाधिन अवस्थामा छ ।

त्यसैगरी छोरेपाटनदेखि स्तुपासम्मको योजना पनि छ । कालमाटीदेखि पुम्दीकोटसम्मको केवलकार योजना तथा ताङतिङदेखि सिक्लेसहुदैं अझ माथिसम्म लैजाने तयारीसहितको अध्ययन भईरहेको छ ।

कमेन्टहरु
Loading...