ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

सागर राज तिमिल्सिना
पोखरा, २२ चैत्र/पोखरामा मुख्य कार्यालय रहेका ओम फाइनान्स र सिटी डेभलपमेन्ट बैंकले मर्जभई सोमबारे देखि सयुंक्त कारोबार सुरु गरेको छ । मर्ज पछि राष्ट्रिय स्तरको विकास बैंकका रुपमा विकास गरि ओम डेभलपमेन्ट बैंकको नामबाट सयुंतm रुपमा कारोबार सुरु गरेका हुन् । ओम डेभलपमेन्ट बैंकको मर्जर समितीका संयोजक राजेन्द्र बाटाजु र ओम डेभलपमेन्ट बैंक अध्यक्ष शुसील गोशलीले उद्घाटन गरे ।

om devlopment bank
ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

राष्ट्र बैंकले चैत ३ गते मर्जरका लागि अन्तिम स्वीकृति दिको थियो । मर्ज पछि बैंकको चुक्ता पुंजी १ अर्ब ५ करोड, निक्षेप १० अर्ब ८२ करोड र कर्जा ९ अर्ब २२ करोड रूपैयाँ रहेको छ । त्यसैगरी, शाखा २५ वटा, एटिएम ३ वटा, कर्मचारी २ सय १९ जना, ग्राहक संख्या करिब १ लाख तथा शेयरधनी संख्या १६ हजार २ सय ७५ रहेको कार्यकारी प्रमुख विश्वमोहन अधिकारीले जानकारी दिए ।

त्यसैगरि संयुक्त कारोबार कार्यक्रममा पोखरा उपमहानगरपालिका द्धारा अगाडि सारिएको प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा कार्यक्रममा सो बैंक पार्टनरका रुपमा रहेको जानकारी दिइयो । बैंकले भुकम्प पिडितलाई सोमबार देखि बैंकले २ प्रतिशत ब्याजदरमा घर बनाउने कर्जा समेत अध्यक्ष गोशलीले प्रदान गरे । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी , नेपाल राष्ट्रबैकंका निमित्त प्रमुख अमर अधिकारी, डेभलभमेन्ट बैंक एशोसियसनका सदस्य सुर्य तिवारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले शुभकामना दिएका थिए ।

नयाँ संस्थाको सञ्चालक समितिमा सिटी डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट ब्यवसायिक बिषेशज्ञ सहित ५ जना र ओम फाईनान्स लिमिटेडको तर्फबाट ४ जना गरि जम्मा ९ जनाले प्रतिनिधित्व रहेको छ । मर्जपछि बनेको नयाँ संस्थाको अध्यक्षमा ओम फाइनान्सका अध्यक्ष सुशिलकुमार गोशाली नै अध्यक्ष रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा सिटी डेभलपमेन्ट बैंकका सीइओ विश्वमोहन अधिकारी र डेपुटी सीइओमा ओम फाइनान्सका सीइओ बुद्धि मल्ल रहेका छन् ।

कमेन्टहरु
Loading...