पोखरामा नो हर्न जोन मान्दैनौः यातायात ब्यवशायी

पोखरा, १ साउन /विना पूर्वाधार हचुवाको भरमा राज्यलाई कर उठाउनने गरी नो हर्न जोन घोषणा आफुहरुलाई मान्य नहुने गण्डकी अञ्चलका यातायात ब्यवशायीहरुले वताएका छन । यातायात ब्यवशायीहरुले पोखराको सडकको स्तरोन्नती, बसपार्क निर्माण, आइल्याण्डहरु नघटाइकन राज्यले कर असुल्नका लागी नो हर्न जोन आफुहरुलाई मान्य नहुने उनीहरुको भनाइ रहेको छ ।

ट्राफिक प्रहरीले राजश्व उठाउनका लागी साउन एक गतेदेखि पोखरालाई नो हर्न जोन बनाउने निर्णय आफुहरुले कुनैपनि हालतमा अवलम्बन नगर्ने र आफुहरुको सवारीलाई हर्न बजाएको बहानामा ट्राफिकले कारवाही गरेको खण्डमा सम्पूर्ण सवारी साधन सडकमै तेस्र्याएर विरोध गर्ने ब्यवशायीहरुले वताएका छन । नेपाल लोकतान्त्रिक यातायात व्यवशायी संगठन अञ्चल कमिटी गण्डकीले आयोजना गरेको यातायात ब्यवशायी भेलामा वोल्ने अधिकांश ब्यवशायीहरुले विना पूर्वाधार नो हर्न जोन आफुहरुलाई मान्य नहुने वताएका हुन ।

भेलामा वोल्दै यातायात ब्यवशायी तथा नेपाल यातायात राष्ट्रिय व्यवशायी महासंघका क्षेत्रिय संयोजक धर्मराज अधिकारीले ट्राफिक प्रहरीले दुइचार जना ब्यवशायीलाई भेला गरेर पोखरालाई नो हर्न जोन भनेर हर्न बजाएको खण्डमा सवारीलाई कारवाही गरे आफुहरुले त्यसको प्रतिकार गर्ने वताए । ट्राफिक प्रहरीले विभिन्न निकाय संग समन्वय गरेर पोखराको सडकको स्तरोन्नती, पोखरामा बसपार्क निर्माण, मुख्य मुख्य चोकहरुका आइल्याण्डहरु घटाउनुको साटो एकतर्फी ढंगबाट कर उठाउनकै लागी हर्न बजाउने सवारीलाई कारवाही गरे आफुहरुले सवारी सडकमा रोकेर विरोध गर्ने अधिकारीले वताए ।

सरकारले प्रदान गर्न नसकेको सेवा सुविधाहरु आफुहरुले प्रदान गरिरहदा सरकारबाट अझैपनि विभिन्न बहानामा कारबाही गराउने र राजश्व संकलन गराउने काममात्र भइरहेको उनको भनाइ रहेको थियो । सो समारोहमा वोल्दै नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले यातायात ब्यवशायीहरुले लगानीलाई सुरक्षित गर्दैै प्रतिस्पर्धामा सुनिश्चितता हासिल गर्नतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । यातायात क्षेत्रको सेवा सुविधाका लागी ब्यवशायीहरुले स्थानिय सरकार संग सहकार्य गरेर अगाडी वढेको खण्डमा यातायात क्षेत्रको स्तरउन्नती हुने उनको भनाइ रहेको थियो ।

त्यस्तै पृथ्वीराजमार्ग वस सञ्चालक समितीका अध्यक्ष ऐन कुमार साईले यातायात ब्यवशायीहरु एकजुट हुन नसक्नु दुखद पक्ष भएको वताए । विभिन्न गुट उपगुट भएर यातायात ब्यवशायीहरु अगाडी वढिरहदा प्रतिस्पर्धीहरु संग सामना गर्न अफ्ठेरो परिरहेको साईले वताए । त्यस्तै पृथ्वीराजमार्ग वस सञ्चालक समितीका महासचिव तथा नेपाल लोकतान्त्रिक यातायात ब्यवशायी महासंघका केन्द्रिय उपाध्यक्ष योगेन्द्र केसीले ब्यवशायीहरु वीच एकता हुन नसक्दा ब्यशायनै धरापमा परेको वताउदै ब्यशायीहरु एकजुट हुनुको विकल्प नरहेको वताए ।

नेतृत्वलाई काम गर्न नदिने र ब्यवशायी विच फाटो ल्याउने काम भइरहेकाले आफुहरुले नेतृत्व हस्तान्तरण गर्न समेत तयार रहेको वताउदै नेतृत्वमा आएर काम गरेर देखाउन समेत चुनौती दिए । नेपाल लोकतान्त्रिक यातायात ब्यशायी संगठन गण्डकी अञ्चल अध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर वैरागी, पृथ्वी राजमार्गका संरक्षक केशव प्रसाद अधिकारी, नेपाल ट्रेड युनियन महासंघ जीफन्ट अध्यक्ष रुद्र खत्री, यातायात ब्यवशायी ज्ञानेन्द्रराज शर्मा लगायतले वोलेका थिए ।

कमेन्टहरु
Loading...