नेकपा माओवादीको बन्दका कारण जनजिवन प्रभावित, पोखरा ८ जना पक्राउ

पोखरा, २७ जेठ /नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सरकार सँग विभिन्न माग राख्दै गरेको बन्दका कारण जनजिवन प्रभावित भएको छ ।

माओवादीले गरेको नेपाल बन्दका कारण पोखरामा लामो तथा छोटो दुरीका सवारी साधन, कलकारखाना, सबै बन्द छन् । केही मात्रामा सवारी साधन सन्चालनमा भएका छन् । बन्दकता ८ जनालाई प्रहरीले बिहानै पक्राउ गरेको छ । पोखराका चोक चोकमा प्रहरी परिचालन भएका छन् ।

पक्राउ परेका कार्यकताको रिहाइ गर्नु पर्ने, कालो बजारी र बजार भाउ नियन्त्रणको माग राख्दै बन्दको गरेको नेकपा माओवादी तमुवान प्रदेश इन्चार्ज सावित्रि दुराले बताइन् । विहान ५ बजे देखि बेलुका ५ बजे सम्म बन्द नेपाल बन्द हुने बताइन् । बन्दका बेला पानी, एम्बुलेन्स, प्रेस लगाएतका सवारी साधन भने सन्चालन गर्न पाइने उनले बताइन् ।

कमेन्टहरु
Loading...