नक्कली पुलिसलाई सक्कलीले समाते

पोखरा, ८ असोज/नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी गर्ने एक जनालाई कास्की प्रहरीले प्रक्राउ गरेको छ ।

आफूलाई कहिले ब्रिटिश लाहुरे त कहिले नेपाल प्रहरीको नायव निरिक्षक (सई) हुँ भन्दै विभिन्न प्रलोभन देखाएर

ठगी गरेका एक व्यक्तीलाई प्रक्राउ गरेको हो । अनुसन्धाको क्रममा प्रहरीले सुर्खेत भेरिगंगा नगरपालिका वडा

नम्बर २३ का ३२ वर्षीय बिर्ख बहादुर थापालाई पक्राउ गरेको हो ।

ब्रिटिश लाहुरे हुँ भन्दै बोलाएर पृथ्वीचोकको एक होटलमा शौचालय गएको बेला बाहिरबाट ढोका लगाई, नगद ३

लाख ५० हजार साथै ४ तोलाको सुनको गहना लगेको भन्दै पिडित महिलाले उजुरी दिए पछि निजलाई पक्राउ

गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बिगत १ वर्षदेखि लाहुरे हुँ भन्दै ठगी गरेको पाइएको छ । निजको बिरद्ध २ महिलाले जबरजस्ति करणी र चोरीको

उजुरी दिएको पाइएको छ ।

फेसबुक एकाउन्टमा करिब ५ सय महिला साथी मात्र रहेको र सबैलाई ब्रिटिश लाहुरे र नेपाल प्रहरीको सई हुँ भन्दै

ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक रविन्द्र बहादुर गुरुङले बताए । निजको

बारेमा थप अनुसन्धान भइ रहेको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...