मन्थली मेयर कप भलिबलको उपाधि गण्डकी प्रदेशलाई

पोखरा, २७ माघ /गण्डकी प्रदेशले मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसीपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा गण्डकीले नमुनादिप युवा क्लबलाई २५–२२,२५–२१ र २५–१८ सेटले पराजित ग¥यो ।

आइतबार नै नभएको तेश्रो स्थानको खेलमा शान्तीदिप युवा क्लबले प्रदेश १ लाई २५–२३,२०–२५,२५–१५,२३–२५ र १६–१४, ले पराजित ग¥यो ।

प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले २ लाख, तेश्रो हुने टोलीले एक लाख तथा चौथो हुने टोलीले ५० हजार रुपैया पुरस्कार जितेका छन् । यसैगरी, प्रतियोगितामा गण्डकी प्रदेशका कप्तान हरि पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । पाण्डेले १५ हजार रुपैया पुरस्कार पाए ।

नमुनादिपका कुल बहादुर थापा उत्कृष्ट स्पाइकर तथा शान्तीलिपका प्रताप खवास उत्कृष्ट सर्भर, गण्डकी प्रदेशका राजकुमार गुरुङ उत्कृष्ट प्रशिक्षक, राजन दर्लामी उत्कृष्ट लिबरो, सुजन चोखाल उत्कृष्ट लीफ्टर र बलिराम चौधरी उत्कृष्ट ब्लकर घोषित भए ।

विजयी टोली तथा खेलाडीहरुलाई तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुंगेल र मन्थली नगरपालीकाका प्रमुख रमेश बस्नेत लगायत पुरस्कार प्रदान गरे ।

कमेन्टहरु
Loading...