मनकामना केबलकार कप फेरि स¥यो

पोखरा, २३ फागुन/कास्की जिल्ला फुटबल संघको आयोजनामा चैत दोस्रो सातादेखि हुने मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फेरि सरेको छ । चैत्र ८ देखि २० गतेसम्म पाँचौ संस्करणको प्रतियोगिता पोखरा रंगशालामा हुने भनिए पनि चैत अन्तिम देखि प्रयोगिता सुरु हुने कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमबहादुर लामिछानेले जानकारी दिए ।

चैत २९ गते देखि वैशाख १० गते सम्म प्रतियोगिता सञ्चालन हुने उनले जानकारी दिए । ‘ चैत ८ गते देखि खेल सञ्चालन गर्दा राष्ट्रिय टिमका खेलाडी आउन नपाने भए,’ उनले भने, ‘त्यसैले प्रतियोगितालाई दुई हप्ता पछाडि सारेका हौ ।’ उनले पछिल्लो मितिलाई पनि एन्फाले खेल सञ्चालन गर्न अनुमति दिएको बताए ।

भूकम्प र नाकाबन्दीले एन्फाले प्रतियोगिता पटक पटक सार्दै आएको छ । लामिछानेले प्रतियोगितमा राम्रो टिम ल्याउने हाम्रो लक्ष्य लिएर तयारी थालेको बताए । उनले भने, ‘पोखरा कपलाई उचाईमा पु¥याउने धनमुन्डी टिमलाई प्रतियोगितामा समावेश गर्न पत्राचार भइसकेको छ ।’

उनले ३ विभागीय टिम, मौफसलका दुई र विदेशी दुई टिम, आयोजकको एक टिम र अन्य ए डिभिजनका क्लबसहित १२ टिमको सहभागीता रहने जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । उनले प्रतियोगितालाई अघिल्ला संस्करणको भन्दा अझ राम्रो गरी लैजाने बताए । प्रतियोगिताका मुख्य प्रायोजक मनकामना केबुलकार दर्शन प्रालिले छ । गत वर्षको चौथो मनकामना केबलकार पोखरा कपको विजेता नेपाल पुलिस क्लब हो ।

कमेन्टहरु
Loading...