क्यान्सरको औषधी गानोडर्मा लुसिडमको ब्यबसायीक उत्पादन शुरु

पोखरा, २३ भदौ/क्यान्सर रोग प्रतिरोधात्मक क्षमता भएको गानोडर्मा लुसिडमको पोखरामा ब्यबसायीक

उत्पादन शुरु भएको छ । पोखरा नदीपुरकी सुमिता बस्नेतले गानोडर्मा लुसिडको नेपालमै पहिलोपटक

हिमालयन च्याउ फार्मबाट ब्यबसायीक उत्पादन शुरु गरेकी हुन् । यसअघी नमूना उत्पादनबाहेक कसैलेपनि

ब्यबसायीक उत्पादन गरेका थिएनन् । क्यान्सर भएकाहरुका लागि अचुक औषधी मानिएको गानोडर्मा लुसिड

एक प्रकारको च्याउ हो । जुन अमेरीका र जापानबाट आयातित गरिएको हो । यसलाई पोखराको हिमालयन

च्याउ फार्मले प्रविधी भित्राएर शुद्ध बिउ (कल्चर) उत्पादन गरेको थियो ।

गत फागुनबाट उत्पादन शुरु गरेकी बस्नेतले पहिलो पटकको उत्पादन आफूले नै सेवन गरिन् भने बाँकी रहेको

छिमेकी र यसको प्रवद्र्धनका लागि अरुलाई नै चखाएर सकिन् । तर अहिले दोश्रो पटकको उत्पादन भने

धमाधम विक्री भइरहेको छ । पोखराको वातावरणमा हुन्छ कि हुन्न भनेर ५० वटा वल (प्याकेट)बाट शुरु गरेकी

उनले पहिलो उत्पादन राम्रै भएपछि बढाएर अहिले ५ सय ४० वल (प्याकेट) पु¥याएकी छन् । चाँडै यसको संख्या

बढाउने योजनामा छिन् उनी ।

शुरुमा यसको ल्यावमा कल्चर ब्यबस्थापन हुन्छ । कल्चर भइसकेपछि त्यसलाई माउ बिउ बनाईन्छ । त्यसलाई

काठको धुलो प्लाष्टिकमा राखेर निर्मलीकरण (अटो क्लेभ) गरिएको प्याकेटमा माउ बिऊ राखिन्छ । त्यस माउ

बिउलाई वल भनिन्छ जसको मूल्य एक हजार पर्ने उत्पादक किसान सुनिता बस्नेतले जानकारी दिईन् । यद्वपी

शुरुवाती भएकाले केहि महंगो भएपनि पछि ब्यबसायीक रुपमा गर्दै जाँदा सस्तो हुने र अझ होलसेलमा भने यो

झन् सस्तो पर्छ । उनका अनुसार त्यसरी माउ बिउ राखिएको प्याकेट अँध्यारो ठाउँमा स्टोर गरेर राखिन्छ । त्यो

करीब एक महिनामा उम्रिएर फक्रिन्छ । त्यो फक्रिएको टिपेपछि पुनः मुना पलाएर फक्रिने बस्नेतले बताईन् ।

एउटा बिरुवा ३ पटकसम्म फक्रिने उनको भनाई छ । फक्रिएको एउटा च्याउ साधारणतयाः ४० देखी ५०

ग्रामसम्मको हुने उनले बताईन् । कुनै कुनै भने ९० ग्राम भन्दा बढीपनि हुने उनको भनाई छ ।

उत्पादन भएको गानोडर्मा लुसिडम आलै बेचिन्छ । प्रति एक सय ग्राम एक हजार पर्ने उनले बताईन् । धैरै

लैजानेलाई होलसेलमा केहि सस्तो गर्न सकिने उनले बताईन् । त्यस्तै यो सुकाएर पनि प्रयोगमा ल्याउन

सकिन्छ ।

बस्नेतका अनुसार उम्रिएको च्याउलाई सुकाएर सुकुटी बनाईन्छ । यो सुकाएपछि आलोको तुलनामा करीब एक

तिहाई घट्ने उनको अनुभव छ । मूल्य पनि त्यहि भएर फरक फरक राखिएको छ । आलो च्याउ प्रति ५ ग्राम ५०

रुपैयाँ छ भने प्रति एक सय ग्राम एक हजार रुपैयाँ तोकिएको छ । सुकेको भने हाल मूल्य निर्धारण गरिनसकेको

बस्नेतले बताईन् । उनले भनिन्,‘आलोको ३ भागको एक भाग रहने भएकाले त्यहि अनुसार मूल्य निर्धारण गर्ने

सोंच बनाएकी छु ।’

कसरी प्रयोग गर्ने ?

यसको पानी सेवन गर्ने हो । एक गिलास पानी बराबर आलो च्याउ ५ ग्राम वा सुकेको सुकुटी च्याउ हो भने २ ग्राम

हालेर पानीमा पकाईन्छ । चियादानी वा कुनै भाँडोमा पानी उम्लिएपछि च्याउ हाल्नुपर्छ । च्याउ हालिसकेपछि

बिर्को बन्द गरेर करीब २० मिनेट पाक्न दिनुपर्छ । त्यसपछि त्यसलाई सेलाउन दिएर मनतातो भएपछि पिउन योग्य

हुन्छ । यसको छोक्रा भने सेवन गरिदैन । त्यसरी बनाइएको झोल औषधी कुनै राम्रो शीसाको भाँडामा बिर्को

लगाएर फ्रिजमा राखेर पनि खान सकिन्छ । त्यसरी राखिएको औषधी खाने बेलामा मनतातो बनाएर खानु

उपयुक्त हुने बस्नेतले बताईन् ।

फाइदाहरु

यो नियमित खाने हो भने क्यान्सर निको हुने बताईन्छ । तर क्यान्सरको बिरामीले यसको मात्रा मिलाएर

खानुपर्छ । क्यान्सरको बिरामीले एक पटकमा आलो च्याउ २५० ग्रामदेखी ३०० ग्रामसम्म हालेर बनाइएको झोल

खानुपर्ने बताइन्छ । यद्वपी विरामीको अवस्था हेरेर औषधीको मात्रा तलमाथी पार्नुपर्ने भएकाले चिकित्सकको

सल्लाह लिनुपर्ने हुन्छ । यसको नियमित सेवनले क्यान्सर हुनै नदिने दाबी गरिएको छ । यसले कलेजो सुरक्षित

बनाउने काम गर्छ । एलर्जी भएकालाई पनि यसको सेवनले फाईदा पुग्छ ।

उच्च रक्तचाप, कोलेस्ट्रोल पनि यसले नियन्त्रण नियन्त्रण गर्छ । यसैगरी शरिरमा रहेका मरेका कोषहरु, दुषित

तत्वलाई हटाउनुका साथै नयाँ कोष उत्पादन गरेर मानिसलाई स्वस्थ बनाउँछ । त्यस्तै ट्यूमर भएकाले सेवन

गरे निको हुनुका साथै भाइरल भएमा पनि यसले मुक्त बनाउँछ । शरिरमा भएका विसाक्त किटाणु मार्नुका साथै

दिमागलाई आराम दिदै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । बस्नेतले आफ्नो परिवारले ३ महिना दैनिक

एक टाईम र अहिले दैनिक दुई टाइम खाने गरेको बताईन् । उनका अनुसार श्रीमानको पायल्सको समस्या

गानोडर्मा लुसिडम खाएपछि समाधान भएको छ । अप्रेसन गर्नुपर्ने अवस्थामा पुगेको पायल्स अहिले नर्मल

रहेको उनले बताईन् ।

गानोडर्मा लुसिडममा के के तत्व हुन्छ ?

गानोडर्मामा दुइ सय भन्दा बढी तत्वहरु पाईन्छ । जसमध्ये यी केहि महत्वपूर्ण तत्वहरु महत्वपूर्ण मानिन्छन् ।

पोली स्याकाराइड ः गानोडर्मा लुसिडममा पोली स्याकाराइड हुन्छ । जसले शरिरका विकार तत्वहरु हटाउन

मद्धत गर्दछ । पोली स्याकाराइडले शरिरमा रहेका समस्याहरुको खोजी गरेर त्यसलाई फाल्ने काम गर्छ ।

कार्बोनिक जर्मेनियम ः गानोडर्मा लुसिडममा कार्बोनिक जर्मेनियम हुन्छ । जसले शरिरमा रहेका कोषिकाको

गतिविधी नियन्त्रण गर्छ । यसले अक्सिजन ग्रहण गर्ने क्षमतामा पनि बृद्धि गर्छ । त्यस्तै दिमाग र तन्तुहरुको

विद्युतीय कार्यलाई नियमित गर्छ ।

एडिनोसिन ः यो पनि गानोडर्मामा पाइने प्रमुख तत्व हो । यसले रातो रक्तकोषलाई नियन्त्रण गर्छ ।

ट्राइटर पेनोइट ः यो पनि गानोडर्मामा हुने प्रमुख तत्व हो । शरिरमा भएका खराब तत्वहरु फालेपछि यसले

बाँकी रहेका तन्तुहरुलाई बलियो बनाउनुका साथै पाचन प्रक्रिया मजबुत बनाउने काम गर्छ ।

औषधीको आयात घटाउँछ

गानोडर्मा लुसिडमको उत्पादन बढाउन सके आयातित औषधी कम गर्न सक्ने देखिएको छ । नेपालमा

क्यान्सरको औषधी भन्दै नेटवर्किङ ब्यबसायीमाफर्त डि.एक्स.एन.क्याप्सुल, पेस्ट र कफी ठूलो मात्रामा आयात

हुन्छ । जुन औषधी गानोडर्मा लुसिडमबाटै बनाइएको हो । यो औषधी फार्मेसीमा नभई नेटवर्किङ ब्यबसायीको

सञ्जालमा छिरेपछि मात्र पाईन्छ । त्यसका लागि निश्चित रकम पहिल्यै बुझाउनुपर्ने शर्त पूरा गर्नुपर्छ ।

गानोडर्मा लुसिडम उत्पादन गरेर त्यसको महत्वको बारेमा बुझाउन सके हरेक वर्ष करोडौंको रुपमा आउने औषधी

प्रतिष्थापन हुनसक्छ । जसले नेपालको ब्यापार घाटालाईसमेत घटाउन मद्धत गर्नसक्छ ।

कमेन्टहरु
Loading...