लेखनाथ महोत्सवमा रात्रीमा झुमे दर्शक

लेखनाथ, १४ फागुन/जव साँझ ढल्दै जान्छ, टिकट विक्री पनि ह्वात्तै बढ्छ । क्षणभरमै खाली मैदान युवा दर्शकले भरिन्छ । कास्कीको लेखनाथमा जारी लेखनाथ महोत्सवमा साँझको समय युवामय बन्ने गरेको छ ।

दिन लामो र साँझपख शितल हुने भएकाले दर्शकहरु पप कन्र्सट हेर्न महोत्सवमा झुम्मिने गरेका हुन । युवा पुस्ताका दर्शकलाई लक्षित गर्दै, आयोजकले चर्चित पप गायकलाई स्टेजमा उतार्ने गरेका छन् । प्रमोद खरेल, मिलन अमात्य, मनोज गुरुङ्ग, नरजंग गुरुङ्ग, मेलिना राई लगायतले युवाको साँझलाई रंगिन बनाएका थिए ।

साँझ पख दर्शको चाप बढ्दै गएपछि आयोजकले पनि चर्चित कलाकार स्टेजमा उतार्ने गरेका हुन । यस्तै शुक्रबार पनि चर्चित पप गायक सुगम पोखरेलले युवापुस्तालाई साथ दिए । हेल्लो लेखनाथ भन्दै पोखरेल मञ्चमा उक्लिए पछि दर्शकले चर्को हुटिङका साथ समर्थन गरे । दशै तिहारको गितबाट शुरु गरेका पोखरेलले जव, फेरी त्यो दिन सम्झन्न चाहान्न, यही कथा म दोहोर्याउन चाहान्न गाएका थिए युवाहरु मस्तीसँग झुमेका थिए ।

उनले आधा दर्जन गित संगित प्रस्तुत गरेका थिए । आयोजकले शनिबारलाई दर्शक बढी भित्र्याउन शिव परियार लगायतका कलाकार स्टेजमा उतार्ने रणनीति बनाएका छन् ।  चर्चित कलाकारको प्रस्तुतीले दर्शकको चाप बढेपछि साँझपख रेष्टुरेण्टको व्यापार पनि राम्रै हुने गरेको छ । १२ औं लेखनाथ महोत्सवको दशौं दिनसम्म आइपुग्दा १४ करोड रुपैयाको कारोबार भएको छ ।

महोत्सवमा दुई लाख ४५ हजार दर्शकले अवलोकन गरेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए । महोत्सव सकिन दुई दिन बाँकी छदा दर्शकले समेत साथ दिएका छन् । शुक्रबार लोकदोहोरी तर्फ पशुपति शर्मा, राजन ठकुरी, माधव चापागाइ, कल्पना दाहाल, ज्योति लोहनी, जानकी मगर, जिवन दाहाल, शिवहरी ढुंगाना लगायतले दर्शकलाई साथ दिएका थिए । भने हास्यव्यंग तर्फ राजा राजेन्द्रको प्रस्तुती उत्कृष्ट रह्यो ।

कमेन्टहरु
Loading...