पोखरामा कमल थापा र पूर्वराजा भेट

पोखरा, ६ पुष/ पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा शुक्रबार बिहान पोखरामा भेटघाट भएको छ । चार दिनअघिदेखि पोखरामा रहेका पूर्वराजा र थापाको वान टु वान भेटका क्रममा विशेषगरि काँग्रेस र राप्रपाबीचको सहकार्यलाई पूर्व राजाले चासो देखाएको बताए ।

शाहले पूर्वपञ्चहरुको पार्टी एकताको क्रम कहाँ पुगेको भनी जिज्ञासा राखेका थिए । पूर्वपञ्चका पार्टीहरुलाई एकता गर्नका लागि सुझाव दिएको भेटमा सहभागी एक नेताले बताए ।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहकार्य गरी अघि बढ्न पूर्वराजाले राप्रपा नेपाललाई सुझाव दिएका थिए । शाहले एक घण्टा थापासँग भेटेका थिए ।

‘देशका सबै शक्तिलाई जोडेर लैजाने पक्षमा कुराकानी भयो । देश सबैको साझा हो, मिलेर जोगाउनुपर्छ भन्ने बिषयमा नै कुराकानी केन्द्रित थियो, ति नेताले भने–विशेषगरि काँग्रेससँग सहकार्य गर्ने र पूर्वपञ्चबीच एकतालाई बढी चासो दिईएको थियो ।’

पार्टीको राजनीतिक प्रशिक्षणका लागि पोखरामा रहेका थापासँग शाहको भेट भएको हो ।

पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा, पोखरामा भब्य स्वागत (फोटो र भिडियो)

 

कमेन्टहरु
Loading...